२०८३ वैशाख ३ बिहीवार | Thursday, Apr 16 2026

राजावादीले क्षति पुर्‍याएको तीनकुनेमा अनुगमन गर्दै गृहमन्त्री लेखक

काठमाडाैं । गृहमन्त्री रमेश लेखक राजावादी आन्दोलनले क्षति पुर्‍याएको तीनकुने (कोटेश्वर) क्षेत्रको अनुगमन गर्ने भएका छन्। उनले बिहान ९ बजे अनुगमन गर्न जाने जानकारी उनका सचिवालयले दिएको छ।

शुक्रबार भएको राजतन्त्रको पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। हिंसात्मक आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरूले तीनकुने र आसपासका क्षेत्रका कयौं घरहरू तोडफोड गरेका छन्।

त्यसैगरी, केही मलहरूमा लुटपाट गरिएको र सरकारी तथा निजी गाडीहरूमा तोडफोड र आगजनी गरिएको छ। जडीबुढी कम्पनीमा पनि आगो लगाइएको छ। आज बिहान ७ बजेसम्म कर्फ्यु लगाइएको थियो, तर अहिले कर्फ्यु स्थगित गरिएको छ।