गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा राजा ज्ञानेन्द्रले एक विज्ञप्ति प्रकाशित गरे । त्यसमा अहिलेका नेताहरुले जनताको चाहना अनुसार केहि नगरेको । देशलाई पराधिन बनाएको । विदेशी शक्तिको क्रिडास्थल बनाएको । धर्म, संस्कार, संस्कृति र पहिचाहनको चीरहरण गर्दै गणतन्त्रले बेथिती मात्र भित्र्याएको । यसको अन्त्यको लागि अब जनताले आफुलाई साथ दिनुपर्ने दिन आएको प्रष्ट भाब ब्यक्त गरे । यो भाव राजाबादीहरुका लागि रामबाण नै हो भने त्यहि विज्ञप्तिको आधारमा गणतन्त्र फाल्ने आन्दोलनको सुरुवात समेत भैसकेको छ ।

राजाको यो विज्ञप्ति आँफैमा अर्थपुर्ण र महत्वको छ । किनकि यसमा नेपाली जनताका अन्तर्निहित अपेक्षा, आकाङ्क्षा, चाहना र आवश्यक्ताहरु छन् । जसलाई दलका नेताहरुले भजाए तर कार्यान्वयनमा लगेनन् । यसले जनतालाई निरास मात्र पारेन आक्रोसित र विद्रोही समेत बनायो ।
आज राजाको बिज्ञप्ति र त्यसको सारमा हुन लागेको आम गैह्रदलीय नागरिकको आन्दोलन त्यसैको तस्वीर र प्रतिकृया हो । जसले कस्तो रुप लिने हो ? कस्तो बाटो लिने हो ? कस्तो गति लिने हो ? त्यो समय र परिस्थितिकै गर्भमा छ ।
तर, यति चाहिँ भन्न सकिन्छ कि यो आन्दोलनले कुनै न कुनै खालको परिवर्तन भने पक्कै ल्याउँछ । यो किन पनि ल्याउँछ भने जनता आक्रन्त छन । पिडित छन । जनतासँग धेरै समस्यामा छन । तर त्यसको समाधान दलका नेतासँग छैन ।
अहिले मुलधारका मुख्य नेताहरु ऐश आराम र प्राप्तिमा मात्रै छन । उनीहरुले मुलुकलाई यति दोहन गरेका छन कि त्यसको लेखाजोखा गर्नै कठिन छ । उनीहरु सानोतिनो रोग लाग्यो भने विकसित देशका सुविधा सम्पन्न अस्पतालहरुमा पुग्छन । जनताको करबाट उठेको मुलुकको ढुकुटी टाट पल्टिने गरी खर्च गरेरउपचार गर्छन् । तर त्यहि राजा र उनका परिवार घातक रोग लाग्दा समेत स्वदेशमै (आफ्नै देशका सामान्य अस्पतालमा) उपचार गराई रहेका छन् ।

उदाहरणको लागि हालै युवराज पारसले नेपालकै अस्पताल नर्भिकमा मुटुको उपचार गरे । उनले यति जटिल रोगको उपचार निक्कै पहिलेबाटै यहि गरीरहेका छन् । जवकि उनले चाहँदा, उनका परिवारले चाहँदा उनको उपचार विश्वको जुनसुकै देशमा जुनसुकै सुविधा सम्पन्न अस्पतालमा गर्न सक्ने अवस्था र आर्थिक हैसियत छ । तर, उनले त्यस्तो फजुल खर्च गरेर सामन्ति र राजर्षि ठाँट कतिपनि देखाएनन् ।
आफ्नै देशमा सबै रोगको उपचार गर्न सकिन्छ । सम्भव छ । मुलुकको पैसा मुलुकमै राख्नुपर्छ भन्ने सन्देश दिए । पारसले नेपाली स्वाभिमान देखाए । जनता जस्तै बनेर नागरिक अस्पतालमा उपचार गरे । आफु पनि जनता बराबरीकै हो भनेर सन्देश दिए ।
उनले जनताको मायाँ र सम्मान लिन चाहना गरे । दलका नेताको जस्तो निरंकुशता, अहंकार र आडम्बर देखाउन खोजेनन् । विदेश गएर महँगो पैसा तिर्दा मात्र उपचार पाईन्छ स्वदेशमा पाईन्न भन्ने भ्रमलाई चिरे । सामान्य नागरिक नै भएर जिउन र उपचार गर्न खोजे । कसैलाई गालि गरेनन्, रिस र आक्रोस देखाएनन् ।
राजा ज्ञानेन्द्रले त झन जनतालाई नै सर्वोपरि ठाने । जनताको ईच्छा र आकाङ्क्षा बाहिर गएर केहि नगर्ने उदाहरण प्रस्तुत गर्न सहज रुपमा गद्दी छाडे । सम्पूर्ण सेवा सुविधा त्यागे । धर्म, संस्कार र संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गरे । मुलुकको पहिचाहन नै यसैलाई बनाए ।
राजाले हिन्दुराष्ट्र नेपालको मुल पहिचाहन हो भन्ने कुरालाई सँधैभरी उठाईरहे, बोकि रहे । जनताको हितमा लागिरहे । अनैतिक काम गरेनन् । जनताले भने भन्दा यताउता गरेनन् । उनले आन्दोलन दवाउन चाहेका भए राजतन्त्र त्यति सहजै अन्त्य हुँदैन थियो ।
तर, राजाले जनता मारेर आफु साशक नबन्ने भन्दै सहज रुपमा सत्ता दलका नेतालाई छाडे । आफु सामान्य नागरिक जस्तै भएर बसे । यो उनको र उनका परिवारको महान कर्म हो । जनताप्रतिको मायाँ, समर्पण र त्याग हो । उनको र उनका परिवारको व्यक्तित्व यसैमा झल्किन्छ । यसको उच्च मूल्याङ्कन जनताले गरीरहेका छन र गरीरहने छन पनि ।
हालै मात्र पनि युवराज पारसको उपचारले यहि कुरालाई पुष्टि गर्छ । यसैले गर्दा पनि राजाको विज्ञप्तिलाई कतिपय दल र नागरिक समाजले चित्त बुझेको प्रतिकृया दिएका छन भने राजनीतिक दललाई यसले तरंगित र आक्रोसीत पारेको प्रतिकृयाहरु आइरहेका छन् ।
राजाले ठिकै पनि भनेका छन । गणतन्त्रले जनतालाई अधिकार दिए पनि यसको प्रयोगचाहिँ नेताले मात्रै गरे । त्यतिमात्र होइन यसले जनतालाई परनिर्भर मात्र बनाएन मुलुकको स्वाभिमान र पहिचाहका सन्दर्भमा कमजोर पनि बनाएको छ ।
जसरी अहिले कोशी प्रदेश र पाथिभरामा असभ्य र अराजक आन्दोलन चलिरहेको छ । त्यसमा राजाको अभिव्यक्तिको संयोजन छ । साथै राजाको विज्ञप्तिमा नेताहरु सचेत हुनुपर्छ । आफ्नो आचरण र व्यवहारहरु सच्याउनुपर्छ । जनतालाई निरंकुश शासकहरुले गरे जस्तो ब्यवहार नगरेर जिम्मेवारीको मुल ठाउँमा राख्नुपर्छ भन्न खोजिएको छ । यो सहि र सान्दर्भिक पनि छ ।
यसर्थ राजाको अभिव्यक्तिमा दलका नेताहरु आक्रोसित र तरंगित हुनुभन्दा आफ्ना काम ब्यवहारमा रिभ्यू गरेर राजालाई अभिभावक मानेर जानु जरुरी देखिन्छ । दलका नेताले जनताको हितमा सुरुसुरु काम गरेका भए राजाको विज्ञप्ति आउने थिएन सायद ।
त्यो नहुँदा नै यो विज्ञप्ति आएको छ । अहिलेको आन्दोलन हुन थालेको छ । छलफल र बहसको थालनी भएको छ । यसर्थ दलका नेता र तिनका कार्यकर्ताले राजा र उनका अनुयायीहरुलाई किन धारेहात लगाउनु पर्यो ? किन कसैलाई गालि गर्नुपर्यो ? नेताहरु राजाभन्दा अहङ्कारी, महँगा, स्वच्छाचारी, खर्चालु र स्वार्थि भएकाले जनताले उनीहरुलाई बहिस्कार गरीरहेका छन । उनीहरुप्रति वितिष्णा जागृत भैरहेको छ ।
यसर्थ दलका नेताले आफ्ना काम धन्दा सच्याउनुको साटो अरुमाथि आरोप लगाए । धारे हात लगाएर, अर्कालाई दोष थुपारेर केहि हुँदैन । सत्ताको चावि पनि आँफै लिने । मुलुकको श्रोत साधनको दोहन पनि आँफैंले जथाभाबी गरे । शक्ति र शत्ताको गलत प्रयोग र अभ्यास पनि उनीहरुनै गरे । यस्तो लोकतन्त्र, गणतन्त्र हुन्छ ?
प्रश्न गम्भिर भएर उठेको छ । उनीहरुले जथाभावि गर्ने । जनतालाई वास्ता नगर्ने । जनताले दुःख गरेर जम्मा गरेको मुलुकको ढुकुटीमा जे पायो त्यहि गर्ने । आफ्ना स्वार्थ मात्र पुरा गर्न खोज्ने । आफ्ना आसेपासे र चाकडी चाप्लुसी गर्नेलाई मात्र अवसर पाउने ठाउँमा लाने ।
जनताका हितमा हुने काम केहि नगर्ने अनि उनीहरुलाई जनताले सँधै मानिदिईरहनुपर्ने ? यस्तो कुरा जायज हुँदैन । यस्ता काम कुरा नेताले त्याग्नुपर्छ । जनसेवी बन्नुपर्छ । विदेशीको इशारामा मात्र नाच्ने गर्नुहुन्न । होइन आफु गल्ति गरीरहने अनि अर्काले यो भएन उ भएन भन्दा धारे हात लगाएर आमा चकारी गालि गर्ने कुराको कुनै अर्थ हुँदैन ।
तर्क र आधार सहित राजाबादीले यसकारण अब मुलुकमा राजा चाहिने भो भन्ने सके भने, कार्यक्रम र एजेण्डा दिन सके भने जनता सोच्न बाध्य हुन्छन । आन्दोलन सफल हुन सक्छ । नेताका अपराध र निरंकुष कर्मका कारण जनताले राजा ल्याउन सक्छन् । नेताकै कारण यो अहिलेको अपरिहार्य आवश्यक्ता पनि बनेका छ ।







































