२०८२ फागुन २३ शनिवार | Saturday, Mar 07 2026

प्रणय दिवसको अर्थ र अन्तर्य बुझौं

आज फ्रेब्रुअरी १४ तारिख, प्रणय दिवस । आज संसारका आम मानिसको सामाजिक सञ्जालमा जोडाजोडीको तस्वीरले रंगिएको छ ।

प्रणय दिवसको उपलक्षमा भन्दै विभिन्न सामाग्रीहरु उपहार दिएर जोडाजोडीको तस्वीर राख्ने, आफुलाई मन पर्ने मानिसको तस्वीर राखेर शन्देशहरु पोष्ट भएका छन । त्यसलाई लाखौंले लाईक, कमेण्ट र शेयर गरेर करोडौंको माझमा पुर्याईएका छन । प्रत्येक बर्ष यो दिनमा विश्वभर ‘भ्यालेन्टाईन डे’ अर्थात ‘प्रेम दिवस’ मनाउने गरीन्छ ।

अहिले नेपालमा पनि संस्कृती बनिसकेको छ । यो दिवस संसारका युवायुबतीहरुले निकै महत्वकासाथ मनाउने गरेका छन । यो दिवसलाई पछिल्लो समय नेपालमा पनि उत्साहकासाथ मनाउन थालिएको छ । तर यहाँ यसको अर्थ र मर्मलाई भने कसैले बुझेको जस्तो देखिँदैन । किनकि यो दिवसको अर्थ बेग्लै छ । यसको अन्तर्य बुझ्न अलि परको देश जानुपर्छ ।

तेश्रो शताब्दीमा रोममा क्लोडियस नामका एक शासक थिए । उनले जब पुरुषले बिहे गर्छ तब यस्को शक्ति र बुद्धि नष्ट हुन्छ भन्थे । उनले यसलाई मानिसको दैनिक जीवनमा लागु नै गराउन भन्दै आजदेखि यहाँ कुनै पनि अधिकारी वा सेनाले बिहे गर्न पाउने छैन भनि आफ्नो राज्यमा घोषणा गरी दिए ।

ति शासक अर्थात क्लोडियसको यो घोषणालाई त्यहिँका एक बिद्रोही नागरिक सन्त भ्यालेन्टाईनले विद्रोह गरी सयौं अधिकारी र सेनाको बिबाह समेत त्यहि दिनमा गरी दिए । भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट शासक क्लोडियस रिसले आगो भई सन् २ सय ६९ को १४ फेब्रुअरीमा उनलाई फाँसी दिने निर्णय गरे ।

फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेख्दै पत्रको अन्तिममा फ्रम योर भ्यालेन्टाइन भनेर जानकारी दिए । यससँगै उनले प्रेम्पूर्वक फूल उपहार पनि पठाए । सोही दिनलाई भ्यालेन्टाइनको समर्पण र सम्झनामा मानिसहरूले ‘भ्यालेन्टाईन डे’ अर्थात ‘प्रणय दिवस’ मनाउन सुरु गरेको इतिहाँस छ । यसलाई गहिरीएर हेर्ने हो भने यसको अर्थ हुन्छ ‘समर्पण’, ‘सम्झना’ र ‘मायाँ’ । सबैको हितकालागि काम गर्ने मान्छेको सम्झना, उनको सम्मान र प्रेम ।

तर अहिले यो दिवस मनाउने क्रममा प्रेमी प्रेमीकाले एक अर्कालाई फूल उपहार दिने, कार्ड उपहार दिने, चकलेट उपहार दिने वा साटासाट गर्ने तथा युवायुवतीले यो दिवसमा आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा मनाउन थालेका छन् ।

त्यतिमात्र होइन भ्यालेन्टाइन डे आउनु एक हप्ता अघिनै सप्ताहव्यापी रूपमा यो दिवस मनाउन थालिएको छ । यसले थुप्रै विकृति भित्र्याउन थालेको छ । यसको वास्तविक मर्म विपरित जोडाजोडि घुम्न जाने, विहेकोलागि जर्बजस्ति प्रस्ताव गर्ने, सार्बजनिक स्थानहरुमा चुम्बन गर्न थालिएको छ । यसलाई अझ गहिरीएर हेर्ने हो भने आम मानिसको हितमा काम गर्नेको सच्चा माया गर्ने, सच्चा सम्झना गर्ने दिनको रुपमा मनाउनु पर्ने हो ।

पूर्बीय दर्शनको रुपमा लिईने श्री स्वस्थानी कथामा समेत यसको बर्णन गरेको पाईन्छ । जहाँ सतिदेवीले आफ्ना पति श्री महादेवलाई बाबु दक्ष प्रजापतीले गरेको ‘अश्वमेघ यज्ञ’मा निन्दा गर्दा श्रीमानको अपमान सहन नसकी सतिदेबीले त्यहि यज्ञको अग्नि कुण्डमा हाम फाली प्राण त्याग गरेको र महादेवले श्रीमतीको वियोगमा सतिदेवीको मृत शरिर पिठिउँमा बोकि संसार डुलेको बर्णन छ ।

यो कथामा श्रीमानले श्रीमतिलाई र श्रीमतिले श्रीमानलाई कति सम्म प्रेम, आदर सत्कार गर्छन । कति सम्म सच्चा मायाँ गर्छन । कति सम्म समर्पित हुन्छन । साँचो माया कस्तो हुन्छ भन्ने देखाईएको छ । त्यसैगरी मायाँ प्रेमकै सन्देश दिन राजाहरुले रानिको माया र सम्झनामा पार्क, पोखरी र रानिमहल समेत निर्माण गरेको इतिहाँस हामीसँग ताजै छ ।

यसरी हेर्ने हो भने आज संसारभर मनाउँदै गरेको ‘भ्यालेन्टाईन डे’ अर्थात ‘प्रणय दिवस’को पनि यहि रुपमा सम्मान र सम्झना हुनुपर्ने हो । आफुलाई चित्त नबुझेको र कसैको हितमा नभएको कुरामा आफ्नै ज्यानको बाजि लगाएर त्यसको विरोध गर्ने असल मान्छेको कामको प्रसंशा गर्ने । राम्रो काम गर्नेको सम्मान र सम्झना गर्ने दिनको वा दिवसको रुपमा मनाउनु पर्ने दिन हो भ्यालेन्टाईन डे ।

तर, यसको सहि अर्थ, सन्देश र अन्तर्य नबुझ्दा यसको बास्तविक कुरा ओझेलमा पर्ने इतिहाँसलाई ओझेलमा पार्ने, आम मानिसकोलागि जीवन उत्सर्ग गर्न तयार हुने योद्धाको अवमूल्यन हुने । गलत संस्कार र संस्कृती भित्रिने एवं सहि कुराको ईतिहाँस लुक्न जाने अवस्थाको सृजना हुने देखिन्छ ।

त्यसैले यसको सहि प्रयोग, बास्तविक अर्थ र अन्तर्य बुझेर सामाजिक सञ्चालमा शन्देशहरु पोष्ट्याउ । अर्काको संस्कार, संस्कृतिमा रमाउन र भित्र्याउन छाडौ । आफ्ना संस्कार, संस्कृतिको पहिचाहन गरी त्यसको संरक्षण र सम्बद्र्धन गर्न तिर लागौ । सहि कुराको जानकारी लियौ, दियौँ अनि मायाँ, प्रेम, सम्झना र सम्मानको कदर गरौँ ।