२०८२ फागुन २३ शनिवार | Saturday, Mar 07 2026

सन्तोष कुमार पोखरेल : “साहित्य, शान्ति र प्रेम” का बहुआयामिक कवि

सन्तोष कुमार पोखरेल नेपाली बहुभाषिक कवि, लेखक, अनुवादक र साहित्य अभियन्ता हुन्, जसले ६ भाषामा मौलिक कविता सिर्जना गरेका छन् । उनका हजारौं कविता रचनाहरू ४० भन्दा बढी अन्तर्राष्ट्रिय भाषामा अनूदित छन् । कवि स्वयंले पनि विविध भाषाका प्रखर साहित्यिक सिर्जनाहरू नेपालीमा अनुवाद गरेका छन् ।

२०२४ को सेप्टेम्बरमा उनले रुसको प्रतिष्ठित म्याक्सिम गोर्की अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरी एसियाली साहित्यमा ऐतिहासिक पहिचान स्थापना गरे । यसअघि उनले एन्टन चेखभ पुरस्कार पहिलो दर्जा (२०२०), मिगेल डे सर्भान्टिस पदक (२०२२), विश्व स्वर्ण लेखक पुरस्कार (२०२१) र युनिभर्सल पीस फेडेरेसनको शान्तिदूत उपाधि (२०२०) र अन्तर्राष्ट्रिय उत्कृष्ट कविको उपाधि २०२१ सहित तीन दर्जन बढि सम्मानपत्र पाइसकेका छन् ।

उनका काव्य विषय शान्ति, प्रेम, प्रकृति, करुणा, महिला र बालअधिकार, गरिबी निवारण र विश्वमा भोकबाट मुक्तिमा केन्द्रित छन् । युद्ध र अन्य कविताहरू (२०२३) जस्ता कृतिहरूले युद्ध र मानव पीडालाई अद्वितीय शैलीमा प्रस्तुत गर्छन् । शैक्षिक रूपमा, उनले मस्कोबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर, रुसी अनुवादमा स्नातकोत्तर, अङ्ग्रेजीमा स्नातक र हिन्दी साहित्यमा स्नातकोत्तर गरेका छन् ।

पोखरेल ‘पोखरेलियन स्टान्जा’ Pokhrelian Stanzas काव्यशैलीका आविष्कारक हुन् । #pokhreliknots मा लेखिने यो शैलीमा अहिले कविहरू लेखिरहेका छन्। ११ पुस्तकका लेखक उनी “एसियाका शान्तिदूत हुन् जसका दर्जनौं युद्धबिरोधी कविताहरू विभिन्न भाषामा वाचन गरिएका छन्। पोखरेल सांस्कृतिक राजदूत” पनि हुन्, जसले नेपाली मानवताको स्वर विश्वभर सुनाएका छन् । २०२४ मा भएको उनको रुसको साहित्यिक यात्रा अवधिमा विभिन्न कार्यक्रममा सरीक हुँदैगर्दा उनले रुस युक्रेनी युद्ध बन्द गर भनी बोल्नु एक साहसी कविको पहिचान हो भन्नुमा अत्युक्ति नहोला।
कवि पोखरेल अन्तर्राष्ट्रिय साहित्य फोरम INTERNATIONAL FORUM OF LITERATURE का संस्थापक समेत हुन् जसमा विश्वभरका साहित्यकारहरू आबद्ध रहेका छन्।

पोखरेलका दर्जनौं कविताहरूलाई विश्वविख्यात कविहरूले आफ्ना आफ्ना भाषामा वाचन गरेर अमर बनाइदिएका छन् ।कोष्टारिकन वयोवृद्ध कवि एलादियो मोरा चिन्चिल्ला Eladio Mora Chinchilla ले पोखरेलका दर्जन बढी कविता स्पेनिशमा अनुवाद गरी संपूर्ण स्पेनिश जगतका लागि वाचन गरिसकेका छन् भने अर्जेन्टिनी कवयत्री पाट्रिसिया पेनाल्भेर Patricia Peñalver Gallardo ले आफ्नो सुरीलो आवाजले पोखरेलका युद्धविरोधी र रोमाण्टिक कविताहरू लाई जीवन्त बनाइदिएकी छिन्।

ब्राजिलियन कवयत्री भाल्दा फोगाका Valda Fogaça को स्वरमा पोखरेलको गीत पोर्चुगालीभाषामा रेकर्ड भएको दुई वर्ष भयो। युक्रेनमा साहित्यकार सेर्गेइ ज्युबा Сергій Дзюба को पहलमा पोखरेलका रचनाहरूमा ३ वटा गीती भिडियो बनिसकेका छन्। सेर्गेइ युक्रेनमा विख्यात साहित्यकार हुन् र उनले सन्तोष कुमार पोखरेलका कैयन कविता र गीतलाई अनुवाद र पत्रिकामा प्रकाशन समेत गरेका छन्। युक्रेन र अरु केही युरोपेली देशबाट प्रतिष्ठित सम्मान प्राप्त हुनुमा उनको र Elena Ananyeva को सहयोग रहेको कुरामा विश्वस्त छु, भन्छन् कवि।

अमेरिकाको इल्न्वा का कवि माइकल जोन्सनले Michael Lee Johnson आफ्ना दुई कविता सङ्ग्रह मूनलाइट इन द हेजेज (Moonlight in the Hazes) र डण्डेलियन इन द भाज अफ रोजेज (Dandelion in the vase of Roses) मा पोखरेलका आधा दर्जन बढी कविता प्रकाशित गरिदिएपछि विदेशी पत्रपत्रिकामा उनका रचनाहरू धमाधम छापिन थालेका हुन्। बेल्जियमको  अटुनिस ग्यालेक्सीले कवि पोखरेलका दर्जनौं कविता, कथा, र केही विचारोत्तेजक दार्शनिक निबन्ध प्रकाशित भएका छन्।यस्तै अमेरिकाको प्रोडिजी पब्लिस्डबाट बेला बेला  कबिता र दार्शनिक लेख समेत प्रकाशित छन्।

सर्वियाकी विश्वविख्यात कवयत्री मारिया नेत्ज्थेफर पोपोभ Marija Najthefer Popov ले आफ्नो त्यसबेलासम्मकै ६०० पानाको पहिलो विश्व कविता सङ्ग्रह Anthology Serbia World Poets 2021 वृहत कविता सङ्ग्रहमा सन्तोष कुमार पोखरेलको परिचय सहित केही कविताहरू सर्वियाली भाषामा प्रकाशित गरिन्। तत्पश्चात त्यसभन्दा ठूला संकलनमा उनको जीवनी र कविताहरू छापिदै गए।

यस्तै Val Michael Tuck को Tuck Magazine,  Scarlet Leaf Review, Jose Luis Rubio Zarzuela को विख्यात विश्व कविता सङ्ग्रह REVISTA POÉTICA AZAHAR का विभिन्न अङ्कहरूमा कविका धेरै कविता प्रकाशित भएका छन्। त्यस्तै पोखरेलको जीवनी र रचनाहरू चीनका विभिन्न साहित्यिक पत्रिका र सङ्ग्रहमा धेरै पटक चीनी भाषामा प्रकाशित भएका छन्। चीनको रेण्डिशन ले पोखरेललाई अन्तर्राष्ट्रिय उत्कृष्ट कविको उपाधिसमेत दियो। भुल्नै न हुने अन्य नामहरूमा ब्राजिलकी Taghrid BouMerhi जसले पोखरेलका कविता, कथा र दार्शनिक लेखलाई अरबीमा अनुवाद गरी प्रकाशित समेत गरिदिइन्।

Maria Batista Ramos  जसले स्पेनिसमा बिभिन्न पत्रिकामा प्रकाशित गरिन्, रुसमा पहिलो पटक प्रतिष्ठित कविता सङ्ग्रह Lift 2021 मा प्रकाशित गरेर रुसी लेखनमा प्रोत्साहित गरिदिने Екатерина Володина अनि कविका बाह्र वटा रुसीमा अनुदित कविता अत्यन्त सुन्दर अन्तर्राष्ट्रिय कविता सङ्ग्रह Poetry of Roses  Роза Поэзии को Отражение विशेष अङ्कमा समाविष्ट गरेर ठूलो गुन लगाउने Nino Sabanadze झन् संझिनै पर्ने नाम हो। यीनमा अधिकांश कविताको रुसीमा अनुवाद Liudmila Culicova ले गरेकी थिइन्।  यिनै कामहरूमा विश्वविख्यात साहित्यकार एल्दार आखादोभ, Эльдар Ахадов, रुस्लान पिभभारोभ Руслан Пивоваров, Marjeta Shatro Rrapaj कवि अनुवादक हरूको पनि त्यत्तिकै सहयोग रहेको कुरा थाहा भयो।

कविलाई अन्तर्राष्ट्रिय ऊँचाईमा पुग्न सहयोग पुर्याउने Fernando Rendón Kkumar Prasanna, Preeth Padmanabhan Nambiar, Pilar Lopez Amorelli मार्गारिता आल маргарита аль र अन्य सबैको योगदान रहेको छ भनी पोखरेलको कथन छ। हुन पनि यत्रो अन्तर्राष्ट्रिय साहित्यिक ऊँचाई प्राप्त गर्नु भनेको विश्व कविसमुदायबीचको आपसी सहयोग सद्भाव बिना विरलै संभव हुने कुरो हो। छुट्नै नहुने नामहरूमा James Tian Zhang Zhi जसले चीनी साहित्यमा पोखरेललाई ससम्मान स्थापित गरिदिए ।  उनको काव्य रचनामा नयाँ प्रयोग पोख्रेलियन अनुच्छेद Pokhrelian Stanzas #pokhreliknots माथि कवि स्वयम् ले लेखेको लेख Delving into the artistry of Pokhrelian Stanzas विश्वका धेरै भाषामा प्रकाशित गरी प्रचार गरिदिने मध्ये इटाली भाषाकी प्रख्यात कवयत्री एलेना मास्सिया Elisa Mascia पनि हुन्।

पोखरेलका बारेमा प्रकाशित केही भनाईहरूः

कवि पोखरेल सबै प्रकारका युद्ध र मान्छे मार्ने खेलका बिरोधी हुन्।
“उनको कृति ‘युद्ध र अन्य कविताहरू’ The War & Other Poems (२०२३)

– प्रो. राजन पोखरेल, द राइजिङ नेपाल (डिसेम्बर २०२३)

“पोखरेल हाम्रो युगका कवि बुद्ध हुन् – युद्धविरुद्ध आगो बनेर खडा भएका प्रतिभा जसले समकालीन सभ्यताको विसंगति कविताबाट चित्रण गर्छन् । निस्सन्देह उनी शान्ति र विश्वबन्धुत्वका अडिग प्रवक्ता हुन् ।” 

-रवीन्द्र राजाशाही, (त्रिभुवन विश्वविद्यालय जर्नल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेज, २०२४)

पोखरेलका कविताले मुटु र आत्मा नै छुन्छन् ।
-मार्लिन पासिनी Marlene Pasini  मेक्सिको।(युद्ध र अन्य कविताहरू (२०२३) मा ।

भोक र विश्वशान्तिका लागि लेख्ने पोखरेल विश्वसाहित्यका एक अथक योद्धा हुन्।
– झाङ्ग झी Zhang  Zhi चीन, रेण्डिशन अफ इन्टरनेशनल पोएट्री। २०२३.

पोखरेलका रुसी कविताले हिमालयको आत्मा बोकेका छन्।
-एलेना पेत्रोभ्ना Elena Petrovna  मास्को साहित्यिक पत्रिका।२०२५.

नेपालका प्रथम बहुभाषिक अन्तर्राष्ट्रिय कवि सन्तोष कुमार पोखरेल नै हुन् र यसअघि नेपालबाट यो अन्तर्राष्ट्रिय ऊँचाई प्राप्त गर्ने सौभाग्य कसैले पाएको छैन। पोखरेल प्रति सिंगो नेपालले गर्व गर्नुपर्छ। आउँदा बर्ष कविलाई अझ धेरै अन्तर्राष्ट्रिय सम्मान प्राप्त होस् र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा पोखरेल बाट देखिनेगरी योगदान पुगोस्।