पौरखी मानिसले पहिले काम खोज्छ । काम गर्छ नाम र दामलाई कम प्राथमिकतामा राख्छ । कर्म गर्दै जाऊ फल आँफै प्राप्त हुन्छ भगवानले गीतामा भन्नु भएकाे छ ।
त्यसै उदाहरण मध्येको एक ब्यक्तिको यात्राकथा हो यो । अझ भनाैं अहिलेको भौतिक संसारमा अधिकांङ्स मानिसहरु नामभन्दा पनि दाम कमाउन खोज्छन । विना पैसा, विना स्वार्थ र समाज सेवाका काम कमै मानिसले मात्र गर्छन ।
तर, यहाँ यस्ता पनि मानिस छन जस्ले विना स्वार्थ कसैको भलाईकैलागि मात्रै पनि समाज सेवाका काम गर्छन । असहाय, अशक्त र दुःखपीडामा जीवन यापन गरिरहेका मानिसहरुकालागि काम गर्छन ।

त्यस्तै मानिस मध्येका एक ब्यक्तित्व हुन धनन्जय भट्टराई । जस्ले बिना स्वार्थका थुप्रै कल्याणकारी काम गरेका छन । उनले नेपालमा रहेको जागरण एकेडेमि एण्ड रिट्रिट सेन्टरसँग जोडिएर मोटिभेसनल स्पिकर र प्रशिक्षकको रुपमा लामाे समय काम गरेका हुन ।
उनले समाज सेवाका काम नै गरेर नाम पनि कमाएका छन । मानिसले दामकालागि मात्र होइन धर्म, परोपकार र समाज सेवाका केहि न केहि काम गर्नुपर्छ भन्ने मान्यता राख्ने प्रेरणादायि ब्यक्तित्व हुन उनी ।
बाल्यकालदेखि नै समाज सेवाका काममा दिलचस्वि राख्ने धनन्जय अहिले श्रीमती शोभा र छोरी अमायरासँग अमेरिकाको ओहायो राज्यमा रहदै आएका छन् । पिता कुलप्रसाद भट्टराई र माता चन्द्रमाया भट्टराईको कोखबाट जन्मिएका चार छोरा मध्येका जेठा छोरा हुन धनन्जय । उनी अहिले पनि आफ्ना काममा उत्तिकै सक्रिय रहेका छन ।
फिदिम नगरपालिका ७ पाँचथरमा जन्मिएर काठमाडौंलाई कर्म क्षेत्र बनाएउँदै आएका उनको हाल अमेरिकाको ओहायो राज्य कर्म बनेको छ । सामाजिक सेवा भावनाका धनि भट्राईका तीन भाई, एक दिदी र एक बहिनी छन् ।
सानै उमेर देखि अध्यात्ममा विश्वास गर्ने उनले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका हुन । अरुको दुःखलाई आफ्नै दुःख सम्झने, आफ्नो कामलाई कम महत्वमा राख्ने उनले समाज सेवाका कामबाट दाम भन्दा बढि नाम कमाएका छन र आत्म सन्तुष्टि लिएका छन् ।
गाउँको सामान्य परिवारमा जन्मिए पनि सामाजिक भावनामा उनको परिवार सँधैं उच्च रहेको छ । जन्मथलो पाँचथरबाट कर्मथलाे झापा काठमाडाैं हुदै उनको सामाजिकयात्रा अहिले अमेरिकासम्म पुगेको हो । उनले नेपाल र नेपालीका लागि पनि थुप्रै काम गरेका छन । जसले उनलाई नेपालीहरुले मन, मुटु र भावनामा सँधैंसँधैं सम्झिरहन्छन ।

नेपालमा रहुन्जेलसम्म पनि धार्मिक र सामाजिक क्षेत्रमा सक्रिय धनन्जयले दर्जनौं सेवाका कामहरु गरेका छन । समुन्द्र पारिको महाशक्ति राष्ट्र अमेरिकामा रहेर पनि सामाजिक र धार्मिक कार्यक्रमहरुमा निरन्तर र सक्रिय छन् धनन्जय । हाल अमेरिकामा हुन लागेको एनआरएनए एनसीसीको वोर्ड अफ डाइरेक्टर (BOD) मा रहेर सामाजिक कार्यमा जोडिएका उनले एक उत्कृष्ट टिमसँग उम्मेद्वारी दिएका छन ।
पद, प्रतिष्ठा र प्राप्तिलाई भन्दा कुनै पनि पदमा रहेर वा नरहेर ब्यक्ति, संस्था, समाज र राष्ट्रको हित हुने काममा लाग्ने उनको चाहना र ईच्छाशक्ति सबैकालागि प्रेरणादायी र अनुकरणीय छ । उनको टिम सबैभन्दा शसक्त र अग्रपंत्तिमा देखिन्छ । जुन टिमसहित उनको वियज सुनिश्चित छ । सहयोगि मनका धनि धनन्जयको यो अभियान र उम्मेदवारीलाई विजयोत्वसको शुभकामना ।









































