आज फूर्सदीलो भइएको छ । खेलप्रेमी नभए पनि रोमाञ्चकता थपिएको छ । सानो क्रिकेटको आइपिएलको पैरवी गरिएको थियो । तर विश्व महाकुम्भ फिफा २०२६ का ४८ टिमको मूकाबला गरेर सानो अभिलेख गर्न आत्मसमर्पण वाद हुने रैछ ।
केही १७/१८ वर्षमा केही महिना एक प्रतिष्ठीत टेलिभिजनमा रिपोर्टरको रुपमा काम गरियो । एक प्रशिक्षार्थीको रुपमा किन नहोस पढाई नै पत्रकारिता थियो ।
अप्रत्यासित रुपमा काम गर्दा थोरै भए पनि आत्मगाल्नी हट्दो रहेछ । त्यसपछि जीवनले अर्कै मोड लियो । केही नविनता खोज्यो । कामको चटारो उस्तै त होनी । केही अर्थोपार्जन गर्नु पर्ने कर्म नै हो ।
कलिला बैंसहरु रित्तिये । रमाइला वर्षहरुमा मनोरञ्जन र पढाईमा खर्च गर्नु पर्नेमा अनवरत रुपमा खटिनु पर्नेमा दुविधा रहेन । तर पनि अंग्रेजी र पत्रकारितामा स्नातक चैं सकिएको दशक नाघेछ ।
हैट यस्ता नाथे छरछपाईको काम नि गर्ने कस्ता कस्ता काम हुन्छन् विश्वमा कतै टेलिभिजनमा प्रस्तोता हुने हैन भन्ने प्रश्नमा एक दशक रुमल्लिएँ । प्रश्न थियो ? सागर्भित हुनेँ । प्रफुल्ति हुने । काठमाडौंको बसाई रात लामै हुन्छन् । यहाँका तन्नेरी यूवा विहान १० बजे सम्म ओछ्यानमा हुन्छन् रातमा अवेर सुत्छन् ।
त्यसपछि अलि ओझेल लाग्न थाल्यो समय । किनकि कार्यबोध पत्रकारितामा नरहि विरही भइयो । पिर मर्काको जीवन । दुखी जीवन । कतै प्रेम सम्वन्धको कुरा गर्नुपर्दा एक्लो कसैसँग माया मोह भएन । कलेज गइन्थ्यो । अनि अरु काम कसैसँग नाता राख्ने समय हुँदैन थियो । लामो यात्रा रहेन । पारिवारीक माहोल लाभान्वित हुने खालको थिएन । म आँफैले चाँजो पाँजो मिलाउनु परथ्यो घर व्यवहारको । सानो कम्प्युटरमा ग्राफिक डिजाइन अनि अनेक कन्तुरा कानै खान्थ्यो ।
खास यो बजार भनेको केहो । बजारमा निकै फाँट हुने रैछ । मैले नि १६ वर्ष देखि नियमित बजार बुझने प्रयास गरेँ । त्यस्तै हो सानो सिप थियो । न कुनै कारखाना हाते प्रेसबाट सुरु भएको अन्तरालमा सानो छापाखानाको सुरुवात भयो । घरबहाल र प्रेसको कार्यालयको बहाल तिर्दा रहलपहल ठीकै हुन्थ्यो । अनि व्यवहारिक पक्ष पुराना बजार बाट नियमीत कामको फोन आँउथ्यो । केही सिलसिलामा सरल पत्रिकामा रिपोर्टरको रुपमा काम पाइयो ।
त्यहाँ रहँदा मैले सुरुमा मानव अभिरुचीका विषयमा रिपोर्टिङ्ग गरे । विस्तारै खोज पत्रकारिता पनि गरेँ । आनन्द लाग्थ्यो । सानो पसल थियो छपाइ कारखाना । त्यसपछि स्वास्थ्य समाचार लेखन गर्ने वानी प¥यो । सानो तिनो भए पनि समाचार साभार गर्न पोख्त भएको थिएँ । साह्रै रमाइलो भएको थियो । कोठामा धेरै घण्टा विविसी टेलिभिजनका समाचार हेर्ने गर्थे ।
आज आफू पत्रकार भएकोमा आफैंलाई क्षमा गर्ने परिपाटी वसी सकेको थियो । तर हार्ड न्यूज रिपोर्टिङ्ग चाँहि च्यानल नेपालमा गरियो । म काम गर्ने बेलामा सायद २०६१ सालको कुरा होला आदरणिय दाईहरु विवेक रेग्मी, कुलचन्द्र भट्टराई, विकास रौनीयर, गणेश वस्नेत, केशव विष्ट हुनुहुन्थो ।
तर ति फगत समय भए । विहान १० बजे सम्म सरल पत्रिकामा काम गर्थे । पत्रपत्रिका स्तम्भ र स्वास्थ्य न्यूजहरु साभार गर्दा मर्निङ्ग समय सकिन्थ्यो । नास्ताको प्रबन्ध थियो । २ वर्ष जतिको काम गरेँ । १० बजे पछिको काम छपाइ कारखानामा हुन्थ्यो जीवन रमाइलो लाग्न थालेको थियो ।
एकाएक कोरोना महामारीले छोपेपछि ओलीले संविधान सभा विघठन गरे । कोठा बाटै न्यूज पोष्ट गरिन्थ्यो । जीवनले नेटो काटेछ अचेल त पुराना सम्भावना पनि बचेको छैन । जीवन फेरी कुनै निर्घात भएको छ ।
आज सम्झन लायक मान्छे धेरै छन् तर दुख पर्दा साथ नदिने मान्छेको कमी पनि हुँदैन रैछ । वस दुईवटा नाउँमा खुट्टा हाल्न कहाँ सकिँदो रहेछ । कोरोनामा स्नातोकत्तरको हिसाव विषय ओझेलमा परेको छ । त्यसलाई विषायन्तर गर्न कहाँ मिल्छ र अनि रोजगार कहाँ पुगेछ ! सपना आकाँक्षा र तिव्र महात्वाकाँक्षा ओझेलमा परेर मानिसको जीवन पतित भयो भने भविष्यको एक कमजोरी होला ।
अव खेल समाचार, स्वास्थ्य समाचार, चलचित्रका समाचार र विज्ञान प्रविधि पनि समेटी जिवनलाई समधुर बनाउनु पर्ला ! अनि चाँहि सार्थकता पाइन्छ । अल्छि गरियो भने समय जाला जस्तो लाग्छ । हेरौं फलको आसा के गर्नु कामको आसा गर्ने समय पो आएको छ ।
विश्वमा कोरोना आयो । वेलायत युरोपबाट टुक्रियो, रसिया र युक्रेनको युद्व भयो । इरान र अमेरिका युद्वले हैकमवादको चर्चा चुलियो । अव त अचेल विश्व बजार नै तरङ्गित भएको छ । तर यहाँ प्रश्न छ आफू आफ्नो अडानमा अडिन सक्छौ भन्यो भने त्यसको उत्तर चाँही दिन सकिदंैन । समय जटिल छ !









































