२०८२ फागुन २२ शुक्रवार | Friday, Mar 06 2026

छाेरी र कर्म

कविता

छाेरी र कर्म

जब म जन्मन्छु
बुवा आमा को मन दुःख्छ ।
गाउँलेले सोध्छन् के जन्म्यो भनेर
उत्तर आउँछ छोरि त हो नि ।
धर्मकी छोरी भन्दा कर्मको छोरा ठूलो ठानेर होला
यो समाजले मलाई घृणा गरेको,
तिरस्कार गरेको,
म पनि त यो समाजको गृह लक्ष्मी हूँ,
सृष्टि कर्ता हूँ ।

म र छोरामा के फरक छ ?
आखिर म जस्तै छोरीले जन्माएको
छोरा जन्मदा सबै खुसी हुने
उ स्वयं खुशीको पात्र बन्ने ।
म जस्तै छोरीले जन्माएको छोरि म जन्मदा
सबैले घृणा गर्ने तिरस्कार गर्ने आखिर किन ?
म जन्मिएको तीन वर्ष पछि मेरो भाइको जन्म हुन्छ ।
मेरो घरमा हर्सोलासको वातावरण छाउछ ।

जब म पांच वर्ष पुगे मलाई चुलो चौको गर्न लगाइयो,
मेरो भाई तिन वर्ष पुग्दा नपुग्दै
मेरा बा र आमा
छोरो पढ्ने राम्रो बोर्डिङ स्कूल खोज्न थाल्नु भयो ।
जब म पन्ध्र वर्षको भए
मेरा बा आमा
मेरो विवाहको लागि केटा खोज्न थाल्नुभयो,
मेरो भाई तेह्र वर्ष पुग्दानपुग्दै
छोरो पढ्न विदेश पठाउने
र डाक्टर बनाउने घरसल्लाह गर्न थाल्नु भयो ।

यो समाज कति अचम्म को छ
छोरा नभए मरेपछि पार तरिदैन रे
पितृ ऋण तिरिदैन रे ।
बाबु आमा जिउँदो छँदा
एकमुठी सास र एकसरो लाज धान्न नदिने
छोरा नहुँदा मरे पछी पित्रिरिन नततिरिने पिर
पिण्ड नदेला भन्ने डर ।

यत्तिकैमा
भाई विदेश पढ्न जानेभयो
मेरो विवाह पनि भयो
बा आमा मख्ख हुनुहुन्थ्यो
छोरी पठाए भनेर
मेरा वा र आमा दंग हुनुहुन्थ्यो
थाप्लोको भारी बिसाए भनेर मेरो विवाह पश्चात ।

अनि,
बा र आमा ढुक्क हुनुहुन्थ्यो
छोरा डाक्टर बनेर देशको सेवा गर्छ
बुढेसकालको सहारा बन्छ भनेर।
तर,
मेरो भाई अहिले पश्चिमी सभ्यतामा डुबेर
नेपाल नफर्कने भएको छ रे।
उसलाई नेपालको संस्कृति मनपर्दैन रे
त्यसैले
अब उ नेपाल आउँदिन भन्छ ।
वा र आमालाई चिठ्ठी लेख्न थालेछ।

धन्यवाद ।