काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले केपी शर्मा ओलीको वर्तमान सरकारले विभिन्न विषयमा भ्रम छरिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् ।
उनले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने भए वर्तमान सरकारलाई दिए हुने टिप्पणी गरेका छन् ।
उनले सुशासनका लागि जो सुकैसँग पनि जुध्न आफू तयार रहेको बताएका छन् । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘हामी तपाईंका दुश्मन होइनौं, विकासको साझेदार हौं ।’
उनले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ, भन्दै छ वटा उदाहरणहरूसमेत दिएका छन् ।
यस्तो छ बालेनले लेखेको स्टाटस् :










































