२०८२ फागुन १८ सोमवार | Monday, Mar 02 2026

जुम्लामा जडीबुटीको तेल उद्योग

सिँजा (जुम्ला), । जुम्लामा वनमा आधारित जडीबुटीको बास्नादार तेल उद्योग सञ्चालनमा आएको छ । स्थानीय वनक्षेत्रमै पाइने जडीबुटीको दिगो उपयोग गर्दै रोजगारी सिर्जना र आम्दानी बढाउने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो ।

जुम्लामा पाइने विभिन्न औषधीय गुण भएका जडीबुटीको प्रशोधन गर्दै बास्नादार तेल प्रशोधन उद्योग सञ्चालनमा आएको हो । आधुनिक प्रविधि प्रयोग गरेर उत्पादन गरिएको तेल औषधी, सौन्दर्य सामग्री तथा आयुर्वेदिक प्रयोजनका लागि प्रयोग हुने बताइएको छ ।

यस उद्योग सञ्चालनसँगै जडीबुटी सङ्कलन, प्रशोधन र ढुवानीमा स्थानीय बासिन्दाले रोजगारी पाएका छन् । साथै कच्चा पदार्थ बाहिर पठाउनुपर्ने बाध्यता घट्दै मूल्य अभिवृद्धि स्थानीयमै हुन थालेको छ । उद्योगले वन संरक्षणलाई पनि प्राथमिकतामा राख्दै वैज्ञानिक सङ्कलन प्रणाली अपनाएको जनाएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईंले सो उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।

लामो समय सामुदायिक वन उपभोक्ता महासङ्घको नेतृत्वमा रहनुभएका चौलागाईंले जैविक विविधताको संरक्षण तथा सदुपयोग गर्ने हेतु तातोपानी गाउँपालिका–५ मा कालिका बास्नादार तेल प्रशोधन उद्योग सञ्चालनमा ल्याउनुभएको छ । उक्त उद्योगबाट प्रशोधन भएका विभिन्न जडीबुटीको तेललाई ‘वन नासो’ नाम पसलबाट बिव्रmी गर्दै आउनुभएको छ ।

प्रशोधन उद्योगको अभावले बहुमूल्य जडीबुटी सस्तोमा निर्यात भइरहेको समयमा चौलागाईंको पहल तथा सामुदायिक वन उपभोक्ता महासङ्घको सहजीकरणमा बास्नादार तेल प्रशोधन उद्योगबाट जडीबुटी प्रशोधन गरेर वन नासो पसलमार्फत विभिन्न सामग्री बिव्रmी गर्दै आउनुभएको छ । उहाँका अनुसार जुम्लामा पाइने विभिन्न २३ प्रकारका जडीबुटीको प्रशोधित तेल तथा अन्य सामग्री लेबलिङ प्याकेजिङ गरी बिव्रmी गरिएको छ । जुम्लाको प्रशोधित वस्तु नेपालगन्जको महìवदेखि अन्य जिल्लामा समेत निर्यात हुने गरेको छ । जडीबुटीबाटै जुम्लाको आर्थिक समृद्धि र रोजगारी सिर्जनाको प्रचुर सम्भावनालाई आत्मसात् गर्दै गाउँमै केही गर्ने प्रयास गरेकाले सबै सरोकारवालालाई साथ दिन उद्योग सञ्चालक चौलागाईंले आग्रह गर्नुभएको छ ।