मुलुकमा गणतन्त्र आयपछि आफ्नो जीवन स्तर परिवर्तन होला, सुख शान्ति होला भनेर जनताले लडेर गणतन्त्र ल्याए । गणतन्त्र आएको र गणतन्त्रे नेताहरुले राज गरेको निक्कै लामो समय वितिसकेको छ ।
तर जनताको अबस्था चाहे जस्तो रुपमा बदलिन सकेको छैन । बरु झन कमजोर र विकराल बन्दै गैरहेको छ । अहिले गणतन्त्रे नेताहरुकै कारण सत्य मरिरहेको छ, असत्यको जित भैरहेको छ । निदोर्ष फसिरहेका छन, दोषिहरुले उन्मुक्ति पाईरहेका छन ।
गणतन्त्रे नेताहरुले आफ्नो अभिष्ठ पुरा गर्न र आफ्नो अपराध लुकाउन उनीहरुको विरोध गर्ने निर्दोषहरुलाई अनुसन्धानको दयरामा ल्याएर फसाई रहेका छन । राज्यशक्तिको दुरुपयोग गरीरहेका छन ।
यसमा खास गरी प्रधानमन्त्री केपी ओली र शेरवहादुर देउवा लागिरहेका छन । उनीहरुले प्रहरी–प्रशासन लगाएर कागजात किर्ते गरेर रविदेखि अन्य राजसंस्थाबादी नेता कार्यकर्ताका विरुद्ध मुद्दा हाल्न लगाएको र फसाउन खोजेको कुरा सहकारी पिडित र कानून व्यवसायीहरुले बताई रहेका छन ।
त्यतिमात्र होइन गणतन्त्रे नेताहरुले स्थानीय तहमा प्रेस, कानुनीलगायत विषयमा ऐनविपरीत सल्लाहकार नियुक्त गर्दै पारिश्रमिक दिएको विषयमा महालेखापरीक्षकको कार्यालयले ठुलो बेरुजुसमेत निकाल्दै सो बेरुजु असुलउपर गर्नुपर्ने भनेको छ ।
यता, संघीय र प्रदेश सरकारमा पनि कार्यकर्ता व्यवस्थापनका लागि कतिपय अवस्थामा सम्बन्धित विषयको ज्ञान समेत नभएका व्यक्तिहरूलाई समेत सल्लाहकार नियुक्त गर्दै राज्यको ढुकुटी दोहन गरिएको छ । यसले सरकारको आर्थिक पारदर्शिताको सम्बन्धमा गम्भीर प्रश्न उब्जिएको छ ।
त्यतिमात्र होइन अहिले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएका छन । सेटिङ गरेर नेपाली युवाबाट दैनिक ५० लाख रकम असुलेर विदेश पठाउन निर्देशन गर्ने गरेको कुरा विदेश पठाउने टिमका मुख्य अभियुक्त अध्यागमन कार्यालयका प्रमुख सह-सचिव तिर्थराज भट्राईले बताएका छन । जो नक्कलि कागजात बनाएर विदेश पठाउने अभियोगमा हालै अक्तियारले पक्राउ गरेका अभियुक्त हुन ।
यसमा मुख्य हात गृहमन्त्रीको रहेको ति सहसचिबले बताएपछि उनले नैतिकताको हिसावमा पदबाद राजिनामा दिई अनुसून्धानलाई सहज बनाउनु पर्ने र संसदबाटै च्चस्तरीय छानबिन समिती बनाएर गृहमन्त्री माथि पनि छानविन गर्नुपर्ने माग संसदमै उठिईरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई र गृहमन्त्री लेखकको सचिवालयका कर्मचारीको नियमित सम्पर्क र समन्वय भइरहेको खुलेपछि विपक्षीले यो विषयलाई सदनमा कडा रूपमा उठाइरहेको छ । त्यतिमात्र होइन प्रतिपक्षले यस विषयलाई लिएर संसद समेत अवरोध गरीरहेको छ । प्रतिपक्षिको जुन माग पुरा नहुँदा निक्कै दिन अघिदेशि संसद चल्न सकिरहेको छैन ।
सभामुखको लामो प्रयत्न पछि अहिले प्रतिपक्षि दलका साँसदहरुले संसद चलाउनकालागि भरसक गृहमन्त्रीले राजिनामा दिनु पर्ने, त्यो नभए गणतन्त्र आएपछिदेखि अहिले सम्मका सबै गृहमन्त्रीमाथि उच्चस्तरिय छानविन समिती मार्फत छानविन गर्ने र दोषि ठहरीए कारबाही गर्ने प्रस्ताव सत्तापक्षसँग राखेका छन ।
जुन भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र समृद्धिको प्रारम्भ पनि हो । यति राम्रो प्रस्ताव ल्याउँदा समेत अहिले सत्तामा रहेका भ्रष्ट गणतन्त्रे नेताहरु खास गरेर प्रधानमन्त्री केपी ओली र शेरबहादुर देउवाले भोली आँफै तानिने डरले विपक्षीको कुरालाई ठाडै अस्वीकार गरीरहेका छन । संसदलाई बन्धक बनाईरहेका छन । जसको नेतृत्वमा नक्कली भुटानि शरणार्थि प्रकरण, यति, ओम्नि, गरिबन्धु टि-स्टेट जग्गा प्रकरण, ७० करोड प्रन्टिङ प्रेश काण्ड, वालुवाटार स्थित ललिता निवास सरकारी जग्गा बिक्रि काण्ड, सयौ किलो सुन तस्करी काण्ड, धनगडि र वालमन्दिर सरकारी जज्गा विक्रि काण्डदेखि विदेशी बैकमा २१ करोड डलर पैसा लुकाएको काण्ड समेत भएका छन ।
पछिल्लो समय विपक्षले आफ्नो अडान नछोड्दा सत्तापक्ष भने झन् कडा रूपमा प्रस्तुत हुने संकेत देखिएको छ । आज पनि विपक्षीले गृहमन्त्रीलाई सदनमा बोल्न नदिएपछि एमालेले गृहमन्त्री लेखकमाथि छानबिन गर्नको लागि समिति पनि नबन्ने, गृहमन्त्रीले राजिनामा पनि नदिने प्रष्ट सन्देश मात्र दिएको छैन यसमा प्रतिपक्षिलाई झुकाउने उदेश्यका साथ माओबादीका नेतालाई अदालथद्धारा द्धोद्धकालिन घटनामा फसाएर एकछत्र राज गर्ने योजना प्रधानमन्त्री ओली र काँग्रेस सभापती देउवाले बनाउन थालेका छन ।
यो बहुतै खतरनाक डिजाईन हो । नत्र प्रतिपक्षि दलहरुले भ्रष्टचार अन्त्यको यति राम्रो प्रस्ताव ल्याउँदा प्रधानमन्त्रीले त्यसलाई कार्यान्वयन गर्न किन आँट गरेनन् ? र द्धोद्धकालिन घटनाको निरुपण गर्न टिआरसी विधेक संसदबाट पारित भैसकेको सन्दर्भमा उल्टै प्रतिपक्षलाई सिध्याउने योजना अदालथमार्फत किन बनाए ? प्रश्न गम्भिर छ ।
यसर्थ ०६४ यताका सबै गृहमन्त्रीको छानबिन गरेर गलत गर्नेलाई दण्डित गर्नुपर्छ र गणतन्त्रे पुराना नेताहलाई राजनीतिबाट विदा गर्नुपर्छ । मुलुकलाई सनातन हिन्दुराष्ट बनाउनुपर्छ र हिन्दु राष्ट्रको नेतृव्व राष्ट्रबादीले गर्नुपर्छ । अनिमात्र मुलुक समृद्ध बन्छ,नेपाली सुखि बन्छन ।







































