२०८३ वैशाख ६ आइतवार | Sunday, Apr 19 2026

विपद् पूर्वतयारीमा ध्यान दिन सभामुखको निर्देशन

काठमाडौ ।  सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने परिस्थितीलाई ध्यान दिई आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद ठाकुर गैरेले मनसुनका कारण देशव्यापी रूपमा वर्षा भएकाले विपद् पूर्वतयारीलाई विशेष ध्यान दिन र सार्वजनिक सूचनामार्फत आमनागरिकलाई सचेत गराउन आग्रह गर्नुभएको थियो।

उहाँले काठमाडौँको धोवीखोलालगायतका स्थानमा आएको बाढीको उदाहरण दिँदै सार्वजनिक यातायातलाई सुरक्षित रूपमा सञ्चालन गर्ने वातावरण बनाउन भौतिक पूर्वाधार र यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ७ गते शनिबार बिहान ११ बजे बस्नेछ।