२०८२ फागुन २३ शनिवार | Saturday, Mar 07 2026

कक्षा १२ को परीक्षा मर्यादित, व्यवस्थित र शान्तिपूर्ण बनाउन राष्ट्रिय परीक्षा बोर्डको अपिल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख २१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षा सञ्चालनका लागि सहयोग गर्न सबैलाई अपिल गरेको छ।

बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै परीक्षा तोकिएकै समयमा मर्यादित, व्यवस्थित र शान्तिपूर्णरुपमा सञ्चालनका लागि सहयोग गर्न सबैलाई अपिल गरेको हो।

‘परीक्षा सञ्चालनका सम्बन्धमा सम्बन्धित निकायहरूलाई यस पूर्व नै आवश्यक पत्राचार गरिसकिएकोले सम्बन्धित निकायहरूबाट परीक्षा सञ्चालनको पूर्व तयारीका बाँकी सम्पूर्ण कार्यहरू सम्पन्न गरी/ गराई तोकिएको मितिमा मर्यादित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन यस कार्यमा संलग्न हुने सम्पूर्ण केन्द्राध्यक्षज्यूहरू, शिक्षक, कर्मचारी एवं सुरक्षा निकायमा हार्दिक अनुरोध छ।’ विज्ञप्तिमा भनिएको छ।

यसअघि वैशाख ११ गतेदेखि गर्ने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण प्रभावित भएको थियो। आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच बुधबार ९ बुँदे सहमति भएकाले अबको परीक्षा भने तोकिएकै समयमा हुनेछ।