२०८३ वैशाख १ मंगलवार | Tuesday, Apr 14 2026

सुनिता दनुवारको सम्झनामा श्रद्धाञ्जली सभा

काठमाडौँ । मानव बेचबिखन विरुद्धकी अभियन्ता स्वर्गीय  सुनिता दनुवारको सम्झनामा  काठमाडौँमा  श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । १२ औँ  दिनको पुण्य तिथिका अवसरमा विभिन्न संघ संस्थाद्वारा  राष्ट्रिय  महिला आयोगमा  शुक्रवार आयोजित सभामा  विभिन्न संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

सभामा सहभागीले स्वर्गीय दनुवारको  तस्वीरमा फूल र अबीर चढाउँदै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए।

सभामा दनुवारकी छोरी स्वस्तिका दनुवारले आमाले गरेको  कामलाई निरन्तरता दिने र आमाको  सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरिन् ।

शक्ति  समूहकी  सदस्य  चरीमाया तामाङले दनुवारको निधनले  मानव बेचबिखन विरुद्धको अभियानमा ठूलो क्षति पुगेको बताइन् ।  उनले  स्वर्गीय दनुवारले गरेका काम र योगदानको स्मरण  गर्दै उनको  सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले  सुनिताको सकारात्मक तथा सन्देशमूलक नाटकको स्मरण गर्दै सुनिता र चरीमाया मात्र नभई  धेरै नारी बेचिएका छन् भन्दै  उद्धारका लागि  र आत्म सम्मानका साथ बांच्न पाउने अधिकारका लागी अघि बढ्ने बताईन।

राष्टिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले  कुनै कुनै मृत्यु अपत्यारिलो हुदो रहेछ भन्दै  उनको उद्दारको बेलामा भएका कुराहरुको  स्मरण गर्दै उनले मानव बेचबिखन बिरूद् गरेका काम कहिल्यै नबिर्सने बताइन्।  ‘यही नै उहाँप्रति  सच्चा श्रदान्जली हुनेछ’उनले भनिन्  ।

एट्मिनका अध्यक्ष तारा भण्डारीले सुनिता  प्रेरणाको स्रोत भएको बताउदै उनले  गरेका काम र योगदानको चर्चा गरिन।  सबै संस्थाको एकताले नै उहाँको सपना साकार हुन्छा उनले भनिन्।

सिविनका संस्थापक गौरी प्रधानले सुनिताले देखेका सपना साकार पार्न आफूहरुको  साथ रहने बताए   । २८ बर्ष अघि उनले  भोग्नुपरेको  पीडाको स्मरण गर्दै    सरकार र   आरु सहयोगीको साथले उहाहरुको उद्धार भएको बताए।

उनले सुनिता, चरीमाया जस्ता नारीले मानव बेचबिखन बिरूद्को अभियानमा ठूलो योगदान गरेको बताए  ।उनले भने, ‘उहाँको  अभियानलाई हाम्रो सधैँ साथ हुनेछ ।

सुनिताको १२ दिन अघि ह्रृदयघातका कारण निधन भएको थियो ।