२०८३ वैशाख ४ शुक्रवार | Friday, Apr 17 2026

भोलिदेखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह

काठमाडौँ । मंगलबारदेखि सबै सामुदायिक विद्यालयहरु सञ्चालनमा ल्याउन ललितपुर महानगरले आग्रह गरेको छ। महानगरका प्रवक्ता राजु महर्जनले सोमबारबार एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा ( भोलि) मंगलबारबाट नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न गराउनु अनुरोध गरेका हुन्।