२०८३ वैशाख ३ बिहीवार | Thursday, Apr 16 2026

वैदेशिक रोजगार व्यवसायी संघ छुट्टा छुट्टै दुइ समूह चुनावी मैदानमा, भाेली निर्वाचन हुने

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २९ चैतमा हुने निर्वाचनका लागि २ छुट्टा छुट्टै समुह बनाएर चुनावि मैदानमा होमीएका छन् । दुवै प्यानल प्रचारप्रसारको अन्तिम चरणमा पुगेका छन् । उनीहरुले काठमाण्डौंका विभिन्न स्थानमा शक्ति प्रदर्शन सहित चुनावी सभाहरु निरन्तर गरीरहेका छन् । दुवै समूहले बुधबार आफ्नो अन्तिम चुनावी सभा आयोजना गरेका छन् । बुधबार गेलाल समूहले बसुन्धरा व्याङक्वेटमा र गुरुङ समूहले यति व्याङक्वेट बसुन्धरामा अन्तिम चुनावीसभा आयोजना गरेका थिए ।
चुनावमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि स्वतन्त्रसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको निर्णयविरुद्ध उभिएको फरकधार र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको संयुक्त व्यवसायी समूहको अध्यक्षका उम्मेदवार रहेका मञ्चका पूर्वअध्यक्ष रहेका गेलाल प्यानलले शनिबार देखि निरन्तर चुनावी सभा र भेटघाट कार्यक्रमलाई तिव्रता दिएका हुन् । उनीहरुको मंगलबार ललितपुर र धुम्बाराहीमा क्षेत्रीय चुनावी सभा थियो भने बुधबार चुनावी अन्तिम सभा सहित वसुन्धरा काठमाण्डौंमा सांगीतिक प्रस्तुति सहित कार्यक्रम सम्पन्न गरेकाे छ ।

अध्यक्षका उम्मेदवार नरेश गेलालले व्यवसायीमा समस्याको छिटो समाधान गर्ने आवश्यकताअनुसार प्रमुख २ घटकको तालमेल र अन्य क्षेत्रीय संस्था तथा व्यवसायीको समर्थनमा चुनावी मैदानमा छन् ।

संघको वर्तमान कार्यसमितिले व्यवसायीको पक्षमा ऐतिहासिक काम गरेकाले त्यसको निरन्तरताका रूपमा आफ्नो प्यानल आएको भन्दै आफ्नो नेतृत्वले गर्न बाँकी काम संघमा निर्वाचित भएको ३ देखि ६ महिनाभित्र टुंगोमा पुर्‍याउने गेलाल समुहको प्रतिवध्दता छ ।

गेलालले आफ्नोे प्यानलको कार्यसमितिले आगामी २ वर्षे अवधिमा संख्या सय समस्याको समाधान, मागपत्र प्रमाणीकरण, श्रम स्वीकृतिमा सहजीकरण जस्ता वर्षौंदेखि थाँती रहेका समस्या समाधान गरेरै छाड्ने भन्दै कुनै दुविधा नराखी प्यानललाई आफ्नो मत प्रदान गर्न आग्रह गरे ।

संघलाई राजनीतिक खिताचानीबाट मुक्त समस्या समाधान मुखी बनाउने र व्यवसायीको रोजीरोटी खोस्न जुनसुकै आवरण आउने सिन्डिकेटका विरोधमा आमरण अनशन तहको कठोर कदम चाल्ने प्रतिबद्धता जनाए । उनले भने, ‘उम्मेदवारी दर्ताअघि सिन्डिकेटमा समर्थन जनाउनु आमाको रगत खानु सरह हो भनेको छु । आज पनि तपाईंहरूका बीचमा सोही प्रतिबद्धता दोहोर्‍याउँछु ।’

प्रथम उपाध्यक्षका उम्मेदवार सुजितकुमार श्रेष्ठले संख्या सयको समस्या समाधान गरेर व्यवसायीलाई तत्कालै राहत दिनेदेखि जब फेयर गरेर युरोपको श्रम बजारमा नेपाली कामदार पठाउन अवसरको सिर्जना गर्नेसहितका दर्जन बढी योजनामा काम गर्ने बताए ।

तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेल वैभवले यसअघि जस्तै कूटनीतिक नियोगहरूसँग समन्वय गरेर व्यवसायीका समस्या समाधान र कामदारको हकहितको संरक्षण गर्ने बताए ।