२०८३ वैशाख ३ बिहीवार | Thursday, Apr 16 2026

काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यु स्थगन, स्थिति सहज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी कर्फ्यु आदेश स्थगन गरेको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनामा, तीनकुने र आसपासका क्षेत्रहरूमा कर्फ्यु आदेशको स्थगन जानकारी दिइएको छ।

शुक्रबार ४स्२५ बजे देखि राति १० बजेसम्म लागू गरिएको कर्फ्यु आदेश शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो। तर, अहिले स्थिति सहज भइनसकेको कारण कर्फ्यु आदेश स्थगन गरिएको प्रशासन कार्यालयले जनाएको छ।

यो आदेश काठमाडौँको बानेश्वर, तीनकुने, गौशाला, एयरपोर्ट, गैरीगाउँ, कोटेश्वर, जडीबुटी पुल, बालकुमारी पुल, शंखमुल पुल लगायतका क्षेत्रहरूमा लागू भएको थियो।