२०८३ जेठ १९ मंगलवार | Tuesday, Jun 02 2026

एनपीएल खेल्न नेपाल आइपुगे वेष्ट इन्डिजका चाडविक वाल्टन

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगेका छन्। नेपाल प्रिमियर लिग (एनपिएल) का लागि कर्णाली याक्सवाट खेल्नका लागि वाल्टन मंगलबार काठमाडौं आइपुगेका हुन्।

कर्णाली याक्सका अनुसार विमानस्थलमा वाल्टनलाई मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ।

उनी एनपिएल खेल्ने सबैभन्दा ठुलो नाम हो। त्यस्तै, टोलीले वेस्ट इन्डिजबाट वाल्टन र भारतका धवनका अलावा हङकङका खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिशन मक्सूदलाई अनुबन्ध गरिसकेको छ।