२०८२ फागुन १८ सोमवार | Monday, Mar 02 2026

सांघुरीएको जीवन समय भन्दा मूल्यवान

घण्टा, मिनेट र पला बितेपछी अस्तित्व वोध आँफैलाई नहुनु एक कमजोरी हो ।

कर्म प्रतिको निष्ठा सवैमा हुन्छ तर पनि शून्यतामा रमाउनु आनन्द दायक हुन्छ । किनकी त्यहाँ चैतन्य प्रभू कृष्णको वास हुन्छ । अचेल दिनमा खल्बलाहट हुने गर्छ । अदुरदर्शी वार्तालापबाट मनोवैज्ञानिक चिन्तनबाट विचलन हुने परिस्थीति सामान्य घटना होइन ।

हो मानिसले सोच्छन् यो संसार निश्चल किन नभएको होला ! यदा कदा आफू स्वच्छन्द किन नभएको । बालककाल निश्चल थियो । यति धेरै कलंक काँहि थिएन । समाज शान्त थियो । राजनैतिक मनोविज्ञान मानसपटलमा पक्कै थिएन ।

तर आज अफ्ठयारो । कता कता आफू समाजमा एकाँकी परेको घट्टोत्वच जस्तो । भिमको सूपुत्र । विश्वकायालाई सजिलै पचाउने । पेट पाल्नकै लागी काम गर्ने हो भने पश्चिमा मुलुक गइदिएको भए हुन्थ्यो नि ! होस पुगेन । चटारो त्यस्तै त हो नी मध्यम वर्गीय परिवारमा ।

आज सन्त्रास छ कतै कलम चलाउँदै गर्दा अतितका कामहरु विर्सदैं गर्दा राजनीतिलाई अन्येरो मान्ने हो भने समाजमा अतृप्त मनूष्यको रुपमा स्खलीत होइएला भन्ने डर । बाल मनोविज्ञानमा संगिनको असर कस्तो चिसो हुन्छ जो क्रान्तिकारी कहिले होइनन्, रहेनन् तथापी ग्रामीण भेगको ताप अनि शहरीया बालबालिकालाई यसको कसरले एक भ्रूण मानसिकतामा सधैं अलमल । पठ्नमा असर । मेलमिलापमा असर । रोजगारीमा असर । के हो यस्तो अलमल ।

सामाजिक दुस्प्रभावमा अर्थ उपाजनमा जहिले हुने सकस र बढ्दो त्रासले सरकारी विद्यालयमा पठ्न पाठ्न गर्ने विद्यार्थीलाई कहिले उन्मुक्ति दिएन । क्यापसका हातामा प्रवेश गर्नासाथ यो पार्टी र उ पार्टी । उनीहरुको जेण्डर जुनै होस् आफ्नो उदारताले शहरां दास भइन्छ ।

यौन अल्पसंख्यक र खानकीकै लागि पूरक मात्र हुने हो भने यहाँका विद्यार्थीलाई कहाँ अक्स्फोर्ड र क्याम्ब्रिजका विद्यार्थीलाई तुलना गर्न मिल्छ र ! म मा त्यस्तै रित्तिएको वितृष्णा र झिनझिनाहट पनले मानसिकता खल्बलाएको कुनाको स्थिरतामा चुलिँदो अँध्यारो मष्तिस्कको कुण्ठाले समायो । विरत्तीको आकारको वहुलठ्ठीपन । कारण निमिट्यान्न संवेदनहीन मानवता ।

अनि यौनिक बन्ध्याकरणबाट वर्जित समाजको ऐना जसमा गाली, गलौंच, वितृष्णा, वेढंग र रित्तता पर केही आभा छैन । केही छ भने भौतिक पदार्थको मोह त्यो पनि केही आयश्रोत रहिन्जल । मानिसहरु घर, घडेरीको कुरा गर्छन । राजनीतिक प्रचार वाजी गर्छन । अर्थ व्यापारको कुरा गर्छन ।

तर साथीसंगी नभए पछि कस्तो जिल्ल परेको अनुहार । काठमाडौं । देशको राजधानी । आफूले चिनेको शहर । यो शहरले सवैलाई विश्राम दिएको छ । आज पनि म एक नौलो नमूना नै रहेको छु । मलाई लाग्छ न आफूले शहरलाई केही दिन सकियो न त त्यसबाट केही लिन नै सकियो । चिसो कोठाको स्तब्धताबाट आफू निहुर्याउन सकेको जस्तो लाग्दैन ।

विहान विहान मर्निङ्ग वाक, ध्यान र सन्तुलित आहार चाँही गर्नु पर्ने सोचमा छु । म संमोहित हुन्छु  । म मा नारीरुपी चरित्र त पाउँछु । तर नारी साथी प्राय कोही भएनन् । काठमाडौं फेसनको शहर । खर्चिलो शहरमा मैले आफैं जोहो गरेर मलहरुमा कुनै पोसाक खोज्ने आधारशिला भेटेको छैन । मानिसलाई अत्यावश्यक पर्ने सानो कपडा छान्न त यति गाह्रो पर्ने रहेछ । अरु मनोकांक्षा त अधुरा आकांक्षा हुने होलान् ।

विश्व एक्काइसौं शताब्दीमा परिणत भएता पनि मन मात्रको मानिस इसाको हिसाब, अनि किताबी पानामा मात्र सिमित रही ज्ञानी बन्नु मात्र पर्दा मेरो पु¥ख्याली घरमा घुम्न जाँदा के आस लिएर जाने सँगैका साथीसंगीले खिसी ट्युरी गर्ने होलान ! हौ । अनि लिम्बुनीहरुले आयुखः बाहुन बाजे भन्ने होलान् ।