२०८२ फागुन २२ शुक्रवार | Friday, Mar 06 2026

विश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रदर्शनी

काठमाडौं । १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले फोटो प्रदर्शनी  गरेको छ । काठमाडौंको हनुमानढोका परिसरमा प्रदर्शनी गर्दै दिवस मनाएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको “फ्लाइट एन्ड फ्रेम “ नामक एकल फोटो प्रदर्शनीको आयोजना गरेको हो ।

काठमाडौंको हनुमानढोका परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म आयोजना भएको प्रदर्शनीमा वन्तले हेलिकप्टरबाट खिँच्नुभएका नेपालका विभिन्न भूभागका आकर्षक तस्बिर छन्।  प्रदर्शनीमा ६० तस्बिर राखिएको छ ।