२०८२ फागुन २२ शुक्रवार | Friday, Mar 06 2026

नवप्रवर्तनका लागि सहकार्य गर्न तयार छौं : मूख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खोज अनुसन्धान र नवप्रवर्तनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसंघ सुदूरपश्चिमको आज धनगढीमा कार्यालय उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो । यो प्रदेशमा थुप्रै सम्भावना रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री शाहले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार लागिपरेको चर्चा गर्नुभयो ।

लगानीमैत्री वातावरण बनाउन लागि प्रदेश सरकारले आवश्यक छलफल र प्रक्रिया अगाडि बढाएको मुख्यमन्त्रीको भनाइ छ ।