२०८२ फागुन २५ सोमवार | Monday, Mar 09 2026

चार्टर्ड विमानमार्फत अमेरिकाले फर्काए ३ नेपाली

काठमाडौं । अमेरिकाले ३ नेपालीलाई चार्टड विमानमार्फत नेपाल फर्काएको छ । अमेरिकाको टेक्सासमा अवैध रूपमा बस्दै आएका ३ युवकलाई शनिबार काठमाडौं छाडिएको हो ।

पर्वत, दाङ र रुकुम पश्चिमका ३ युवालाई अमेरिकाले नेपालसम्म ल्याइएको हो । विमानमा ७ जना रहेकोमा ४ बंगलादेशीलाई ढाकामा छाडेर ३ नेपालीलाई काठमाडौं ल्याएर छाडिएको हो । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको विमानस्थलस्थित अध्यागमन प्रमुख तिर्थराज भट्टराईले बताए ।

यसअघि २१ फागुनमा चार्टड विमानमार्फत ८ नेपालीलाई काठमाडौं ल्याइएको थियो ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सुरु गरेयता अवैध रुपमा बस्दै आएका आप्रवासीविरुद्ध कारबाहीलाई तीव्र बनाइएको छ ।