२०८२ फागुन २२ शुक्रवार | Friday, Mar 06 2026

टाउकोले टेकेको सङ्घीयतालाई खुट्टाले टेकेको बनाउन जरुरी : महामन्त्री थापा

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठुलो संर्घषका बाबजुद ल्याइएको  सङ्घीयता टाउकोले टेकेको भएकोले यसलाई खुट्टाले टेकेको सङ्घीयता अहिलेको आवश्यकता भएको बताए । उनले सङ्घीयताको विकल्प  खोज्न नहुने भन्दै सङ्घीयतालाई ठिक ढंगले सञ्चालन गर्न नजान्दा समस्या भएको जिकिर गरे ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनको बुधवार  रुपन्देहीको देवदहमा उदघाटन गर्दै महामन्त्री थापाले प्रदेशको खर्च घटाउदै जनप्रतिनिधीको संख्या पनि कमगर्न जरुरी रहेको छ भन्दै महामन्त्री थापाले प्रदेशको मुख्यमन्त्री बनाउने पद्धतीमा समेत परिवर्तन आवश्यक रहेको प्रष्ट पार्नु भयो । मुलुकको निर्वाचन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको भन्दै उनले  केन्द्रीय सांसद प्रदेश सांसद  र स्थानियका जनप्रतिनिधीहरुको संख्यापनि घटाएर खर्च कम नगदासम्म जनताले मुल प्रवाहका दलहरु प्रतिको वितृष्णा कम नहुने तर्क गरे ।

कांग्रेस र एमालेको गठबन्धनबाट वनेको सरकार बलियोमात्रै भएर पुग्दैन, जनताको विश्वास आर्जन गर्ने गरी काम गर्न नसकेको खुलासा गरे ।  तावाको विड तातेर हुँदैन तावा नै तात्नु पर्ने भन्दै उनले प्रधानमन्त्री ओलीप्रति इङ्गित गर्दै  तावा तताउने काम कमजोर भएको बताए  ।

महामन्त्री थापाले जनताको भरोसा आर्जन गर्ने विषयमा सरकारले अझै कामको गति अघि बढाउनुपर्ने उल्लेख गरे । गणतन्त्रमा  समस्या छन त्यसको समाधान अपरिहार्य छ भन्दै महामनत्री थापाले सङ्घीयता विकल्प खोज्नु भनेको  राजनैतिक दुर्घटना  निम्ताउनु हो भने ।

उनले  नेपालको राजसंस्थाको  चरित्र नै संबैधानिक भएर बस्न नसक्ने भएको विगतका प्रमाणहरुले देखाएको प्रसंग उल्लेख गदै पछिल्लोसमय जनतामा आक्रोश बढिरहेको र राजाबादी समूहले जनतामा रहेको असन्तुष्टीलाई दुरुपयोग गर्ने गरी  आगोमा घिउ थप्ने काम गरिरहेको चेतावनी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य   बालकृष्ण खाँण , अब्दुल रज्जाक, भरतकुमार शाह ,गंगा शाही ,नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण लगायतले देशमा विकास भएको छ तर जनताले सोचे र खोजे अनुसारको विकास नभएको कारण असन्तुष्टि बढेकोले अव विकासको गति बढाउनु पर्नेमा जोड दिए  ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं १ का क्षेत्रीय सभापति हिरा केसीको सभापतित्वमा कार्यक्रम भएको हो ।