२०८३ साउन २२ शुक्रवार | Friday, Aug 07 2026

दुर्गा प्रसाईंका दाइ राकेश प्रसाईं पक्राउ

काठमाडौँ । प्रहरीले दुर्गा प्रसाईंका दाइलाई पक्राउ गरेको छ। सोमबार काठमाडौँबाट प्रसाईंका दाइ राकेश प्रसाईंलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार प्रसाईंलाई चैत १५ गतेको घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

यसअघि प्रहरीले दुर्गा प्रसाईंकको निजी सुरक्षामा खटिएका व्यक्तिसहित उनका सहयोगीलाई पक्राउ गरेको थियो। यो घटनामा पक्राउ पर्नेको संख्या ७० पुगिसकेको छ। तर प्रसाईं भने कार्यक्रम नसकिँदै फरार भएका थिए।