२०८२ फागुन २४ आइतवार | Sunday, Mar 08 2026

रवि लामिछाने कारागार चलान, लामिछानेले भने, ‘अदालत प्रति सम्मान छ’

भैरहवा । अन्ततः तीन दिनको प्रहरी हिरासत पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही, सोमवार बिहान अदालती प्रक्रिया सम्पन्न गरे पछि लामिछानेलाई पुर्पक्षका लागि भैरहवास्थित कारागारमा पठाएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पुर्‍याएर कारागार पठाइएको जानकारी दिए । बुटवल उच्च अदालतको आदेश पछि गत शुक्रबार साँझ पक्राउ परेका लामिछाने शनिवार र आइतवार सार्बजनिक बिदा परेकाले २ दिनसम्म हिरासतमा नै रहनु परेको थियो ।

जेल चलान हुदै रविले छोटो प्रतिक्रिया दिँदै भने आदेशप्रति केही छैन, सम्मान छ ।