२०८३ वैशाख ३ बिहीवार | Thursday, Apr 16 2026

२ अर्ब ९६ लाखभन्दा बढीको अनलाइन जुवा खेलाउने ११ जना भारतीय नागरिक काठमाडौँबाट पक्राउ

काठमाडौँ। नेपाल बसेर डेढ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाउने तथा  अभौतिक मुद्राको कारोबार गर्ने  २४ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई  काठमाडौँको बुढानीलकण्ठबाट अनलाइन जुवा खेलिरहेको अवस्थामा  मंगलबार प्रहरीले  पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष २४ को सनी मिणा, आलुवा जिल्ला घर भई सोही ठाउँ  बस्ने वर्ष २५ को मोहित वर्मा,भारतको  शिक्कर जिल्ला घर भई सोही ठाउँ बस्ने वर्ष २६ को पिउस भारद्वाज,भारतको  जयपुर जिल्ला घर भई सोही ठाउँ बस्ने वर्ष २५ को हरकेश डडैयारहेका छन्।

यस्तै भारतको  जयपुर जिल्ला घर भई सोही ठाउँ बस्नेघ वर्ष २२ को निशांत भारद्वाज, वर्ष २३ को आकाश वर्मा, वर्ष १९ को अंकित कुमार सैनी,वर्ष २३ को सन्जु शाकला,वर्ष २८ को रामसिंह जाठ,  वर्ष १९ को लोकेश कुमार,वर्ष १९ को विकाश कुमार रहेका छन्।

बुढानीलकण्ठ  नगरपालिका वडा नं. ३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरुले अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्य गरिरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा  उनीहरुलाईनियन्त्रणमा लिई  अनुसन्धान गर्दा निजहरुले २ अर्व रुपैयाँ भन्दा बढी रकमको कारोवार हुनेगरी अनलाईन जुवा (सट्टेबाजी) खेल्ने/खेलाउने  गरेको र ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको अभौतिक मुद्रा (Crypto Currency) को कारोबार समेत गरेको देखिन आएकोले प्रहरीले जनाएको छ।

पक्राउ परेकाको साथबाट  प्रहरीले विभिन्न कम्पनीको मोवाईल फोन थान – ३४, विभिन्न कम्पनीको ल्यापटप थान – ५,हिसाबकिताबको अभिलेख राखिएको नोट बुक (कापी) थान – ४,भारतीय बैंक खाताको चेक बुक थान – १४,भारतीय ATM कार्ड थान – २७ र भारतीय सिमकार्ड – ४० थान बरामद गरेको छ।

पक्राउ परेका उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।