२०८२ फागुन २५ सोमवार | Monday, Mar 09 2026

‘अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य, नेपाल-चीन साँस्कृतिक सम्बन्ध सुमधुर’ (फाेटाे फिचर)

भक्तपुर । उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले अन्तर्राष्ट्रिय पर्यटकको लागि नेपाल उत्कृष्ट गन्तव्यस्थल भएको बताएका छ्न ।

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा चिनियाँ पर्यटक लक्षित ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रममा मन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।

खड्काले दुई देशबिच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउदै कोभिड महामारीपश्चात नेपालको पर्यटन उल्लेख्य रुपमा अगाडि बढिरहेको समयमा नेपाल चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले चिनियाँ नयाँ वर्ष २०२५ ले दुईदेशबीचको सम्बन्धलाई अझै मजबुद बनाउने बताए । राजदुत सङले पछिल्लो समयमा नेपाल र चीन वीचका विभिन्न समयमा भएका दुइ पक्षिय सहयोग आदानप्रदान सम्झौताहरू कार्यान्वयनले नेपाल चीनवीचको सम्बन्ध झनै गाढा भएको र आपसी सद्भावले दुवै देशको साँस्कृतिक सम्बन्धलाइ प्रगाढ बनाएको वताए ।

नेपाल र चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै उनले नेपाल(चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायतका क्षेत्रहरुमा आदानप्रदान र सहकार्यलाई सुदृढ गर्ने, मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौं पुस्तादेखि चलिआएको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको बताए ।

दुई देशबीचको सहमति कार्यान्वयनको सिलसिलामा अन्तर्गत नै भ्रमण वर्ष २०२५ आयोजना गरिएको उनले बताए ।


कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १९५५ मा नेपाल—चीनबीच दौत्य सम्बन्ध स्थापना भएको बताउँदै चीनले नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ सफल पार्नु सबैको जिम्मेवारी भएको बताए ।

भक्तपुर दरबार क्षेत्रमा आयोजित विशेष समारोहमा नेपाल चीन वीचका विभिन्न सँस्कृति झल्कने झाँकी तथा लोकसम्मत्तीका साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । कार्यक्रममा स्थानीय नागरिक तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।