२०८३ जेठ १९ मंगलवार | Tuesday, Jun 02 2026

टीकापुरमा सम्भावनाको ढोका खुलेको छ : मन्त्री पाण्डे

टीकापुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

बिहीबार सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव  २०८१ को समुद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

मन्त्री पाण्डेले लामो समयपछि पुन सुचारु भएको विमानस्थलले टीकापुरको सम्भावनाको ढोका खोलेको भन्दै टीकापुरमा अन्य सम्भावना पनि बढेको उहाँको तर्क थियो।

टीकापुरका परिकल्पनाकार खड्गबहादुर सिंहको परिकल्पना अझै पूरा नभएको बताउँदै उहाँको परिकल्पना अनुसार टीकापुर बनाउन सबै एकजुट हुनुपर्ने उहाँको भनाइ थियो।

देशलाई स्थायित्व दिन नै दुई ठुला दल मिलेर सरकार निर्माण गरेको बताउँदै स्थायित्वले मात्र देशको विकास हुने उहाँको भनाइ थियो।