२०८३ साउन १२ मंगलवार | Tuesday, Jul 28 2026

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि, यी विषयमा हुँदैछ छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति बैठक आज पनि जारी छ। हिजोदेखी काठमाडौंमा सुरू भएको बैठक आज पनि जारी रहेको रास्वपाले जनाएको छ।

जारी बैठकले मुख्यतयाः सभापति रवी लामिछाने माथी भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख अजेन्डा बनाइएको छ।

कार्यबहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार जारी बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषय, जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने, संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा केन्द्रित भएर छलफल भइरहेको छ।