२०८२ चैत २५ बुधवार | Wednesday, Apr 08 2026

आयुर्वेदिक चिकित्सा पद्धति: आयुर्वेदीय नाडी परीक्षणले स्वास्थ्य जाँच

आयुर्वेदिक चिकित्सा पद्धतिले ५ हजार वर्षपहिलेदेखि नै नाडी परीक्षालाई रोग परीक्षणको रूपमा प्रयोग गर्दै आएको छ । आधुनिक चिकित्सक एवं औषधि विज्ञानसँग परिचित व्यक्तिहरूले नाडी विज्ञानबारे यस्तो कल्पना गर्दछन्, ‘नाडी विज्ञान एउटा यस्तो विद्या हो जहाँ एक आयुर्वेदिक डाक्टरले बिरामीको नाडी जाँच गर्दछ, जिब्रो हेर्दछ र त्यसपछि रोगीले अघिल्लो रात खानामा के खाएको थियो भनेर स्पष्ट बताइदिन सक्छ ।’

अहिले यो विषय धेरैलाई मिथ्या कल्पना लाग्न सक्ला तर यो कल्पना मात्र कदापि होइन । साँच्चै नै त्यस्तो हुन्छ पनि । अनुभव र अन्तज्र्ञान भएका धेरै आयुर्वेदिक डाक्टरहरूसँग आज पनि त्यो क्षमता छ ।

शारीरिक प्रणालीहरुको अवस्थाहरू निर्धारण गर्न नाडी परीक्षकले नाडी जाँच गर्दछ ।

आयुर्वेदिक चिकित्सामा अष्टविध रोग परीक्षा अन्तर्गत नाडी जाँच एउटा महत्वपूर्ण जाँच मानिन्छ । नाडी जाँच अन्तर्गत नाडीको दर्शन (अवलोकन र निरीक्षण), स्पर्शण र रोगीसँग गरिएका प्रश्नहरुको समायोजन भएको हुन्छ ।

नाडी जाँचका यी पक्षहरुबाट रोग र रोगीको अवस्थाको बारेमा धेरै तथ्यहरुको ज्ञान हासिल गर्न सकिन्छ । प्रकृति, विकृति, दोष, धातु, मल र सूक्ष्म शरीरको अवस्थाको सन्दर्भमा नाडीले धेरै कुरा निर्धारण गर्न सक्छ ।

नाडी जाँच गर्ने समग्र विधि औँलाहरूलाई नाडीमाथि सही तरिकाले सही स्थानमा राख्ने तौरतरिकाबाट शुरु हुन्छ । सामान्यतः पुरुषको दायाँ हातमा र महिलाको बायाँ हातमा नाडी जाँच गर्ने विधान छ ।

चिकित्सकले सबैभन्दा पहिले तर्जनी (चोरी) औँलालाई मणिवन्धसँगै बूढी औँलाको जरामुनिको हड्हीमा (रेडियल स्टाइलाइड) राख्छन् । त्यसपछि मध्यमा (माझी) औँला र अनामिका (साहिँली) औंलालाई पनि तर्जनी औंलामुनि एउटै रेखामा सँगै राख्छन् । नाडी सबैभन्दा वेगवान कुन स्थानमा छ भनी पत्ता लगाउनको लागि नाडी जाँच्ने औँलाहरूलाई हल्का तल–माथि सारेर स्वयंले ठम्याउनुपर्दछ ।

नाडी भनेको धमनीहरूमार्फत हुने रगतको धड्कन हो, जुन हृदयबाट निरन्तर बाहिर निस्किएर आउने गर्दछ । जसरी विचारहरू एकै समयमा कोषहरूमा रासायनिक प्रतिक्रियामार्फत स्थानान्तरण हुन्छन्, त्यसरी नै प्रत्येक कोशिकामा बग्ने रगतसँग शरीरको अवस्थाको बारेमा केही न केही जानकारी हुने गर्दछ ।

आयुर्वेद अनुसार रगतले बोकेका ती जानकारीहरु पृथ्वी, जल, अग्नि, वायु र आकाश तत्वहरूबाट बनेका हुन्छन् । यसरी यी पञ्चतत्वहरूले भौतिकरूपमा शरीरको निमार्ण हुँदा त्यसबाट तीनवटा फरक तत्वहरु बन्दछन्, जसलाई त्रिदोषहरू भनिन्छ । वात तत्वमा वायु र आकाश तत्वको योग हुन्छ । पित्तमा आगो र पानीको योग हुन्छ । त्यस्तै कफमा पानी र माटोको योग हुन्छ ।

पञ्चतत्वबाट त्रिदोेष बन्ने क्रममा वात, पित्त र कफमा केही विशेष गुणहरू उत्पन्न हुन्छन् । नाडी पनि त्रिदोषहरुबाट प्रभावित भएको हुन्छ । त्यसैले नाडीमा पनि त्रिदोष र तिनका गुणहरु पनि पाइन्छन् ।

कम्प्युटरको युगमा वात, पित्त र कफका दोषहरूलाई कार्डियोग्राफद्वारा ग्राफिकरूपमा चित्रित गर्न सकिन्छ । नाडीका चालहरूको अभिव्यक्तिका आधारमा बन्ने रेखाचित्रलाई अवलोकन गरेर नाडीहरुको गुण एवं प्रकार छुट्याउने गरिन्छ ।

आयुर्वेदीय नाडी परीक्षामा चिकित्सकको औँलाहरूले रिसेप्टरको रुपमा कार्य गर्दछ, जसको माध्यमबाट रोगीको नाडीको अवस्थाबारे जानकारी लिने गरिन्छ । चिकित्सकले रोगीबाट प्राप्त गरेको नाडीको चाल, नाडी स्थान, नाडी गति तथा नाडीको गतिको स्वरुपलाई अध्ययन, अवलोकन, निरीक्षण तथा अनुभव गरेर रोगको बारेमा निष्कर्षहरु निकाल्छन् ।

आधुनिक चिकित्सा विज्ञान अनुसार नाडीको जाँच हातका औँलाहरुको प्रयोग गरी हातको रेडियल आर्टरी वा ब्रासियल आर्टरी (Radial Artery or Brachial Aretry), घाँटीको क्यारोटाइड आर्टरी (Carotid Artery) बाट, खुट्टाको फेमोरल आर्टरी (Femoral Artery) आदिबाट गरिन्छ । जसअनुसार:
स्वस्थ नाडीको गति वर्ग

नाडीको चाल सामान्य अवस्थाभन्दा बढे त्यसलाई टेक्यकार्डिया (Tachycardia) भनिन्छ र घटेको अवस्थालाई ब्राडिकार्डिया ९द्यचबमथअबचमष्ब० भनिन्छ । प्रति १ डिग्री शरीरको तापक्रम वृद्धिले नाडीको चाल १० प्रतिमिनेट बढेर जान्छ ।

आयुर्वेद अनुसार
नाडीको विश्लेषणका लागि गति, वेग (दर), ताल (लय), बल, आकृति (तनाव र मात्रा), तापमान, रक्तनलीहरुको भित्ताको स्थिरतामा आधारित हुन्छ ।
दोष नाडीको चाल स्थान गति गति स्वरुप

नाडीको गति नाडी जाँचमा सबैभन्दा महत्वपूर्ण पक्ष मानिन्छ । नाडीको गति दोषहरूको प्रभुत्वमा निर्भर हुन्छ । वात नाडीले सर्पको गति दर्शाउँछ । पित्त नाडीले भ्यागुता र कफ नाडीले हंस गति दर्शाउँछ । हिजोआज कम्प्युटरको प्रयोग गरेर पनि नाडीको गतिलाई मापन गरिन्छ ।

वात दोष तर्जनीको औँलाबाट नापिन्छ । यदि शरीरको प्रकृतिमा वात प्रमुख छ भने, तर्जनी औँलाले नाडीलाई बलियो महसुस गर्नेछ । यो अनियमित र पातलो हुनेछ, सर्पको गतिजस्तै छालहरूमा घुम्ने हुनाले यसलाई, ‘सर्प’ नाडी भनिन्छ र यसले शरीरमा बढेको वातलाई संकेत गर्दछ । मध्यमा औंलाको स्थानले पित्त दोषको नाडीलाई संकेत गर्दछ ।

जब शरीरमा पित्त दोष प्रधान हुन्छ, नाडीबीचको मध्यमा औंलामुनि नाडीको वेग महसुस हुन्छ, नाडी सक्रिय र उत्साहित महसुस हुन्छ । यस नाडीको व्यवहार भ्यागुताको गतिशील जम्पिङ कार्यजस्तै हुन्छ । तदनुसार, यसको नाम ‘भ्यागुता’ नाडी राखिएको छ । यस्तो नाडीले बढेको पित्तलाई जनाउँछ ।

यदि शरीरमा कफको प्रमुखता छ भने, अनामिका औँलामुनिको नाडीको धड्कन सबैभन्दा स्पष्ट हुन्छ । कफले बलवान् रहेको नाडी तैरिरहेको हंसको गतिजस्तै हुन्छ । त्यसैले यसलाई ‘हंस’ नाडी पनि भनिन्छ । प्रत्येक औँलामा त्यस क्षेत्रको दोषको ज्ञान संकलन गर्दछ ।

उदाहरणका लागि, वात दोषमा रहेको तर्जनी औँलाले शरीरको वायु तत्व पत्ता लगाउँछ । पित्त नाडीमा छुने बीचको औंलाले अग्नि तत्व पत्ता लगाउँछ र अनामिका औंला जसले कफ नाडी अर्थात् पानी तत्व पत्ता लगाउँछ ।

नाडीको जाँचको परिणामलाई सही सुनिश्चित गर्न परिश्रम गरेपछि, मालिस गरेपछि, खाना वा नुहाउनेबित्तिकै तुरुन्तै नाडी जाँच गर्नुहुँदैन ।

यदि बिरामी गर्मीको नजिकै बसिरहेको छ वा कडा व्यायाम गरिरहेको छ भने त्यस अवस्थामा पनि जाँच गरिएको नाडी गलत साबित हुन सक्छ । अतः यी अवस्थाहरुमा नाडीको जाँच वर्जित छ ।

नाडी परीक्षा शारीरिक, भावनात्मक र आध्यात्मिक असन्तुलनलाई धेरै सटिकरुपमा निर्धारण गर्ने एक पुरातन आयुर्वेदिक विधि हो । उदाहरणका लागि, शारीरिक प्रणालीहरुको अवस्थाहरू निर्धारण गर्न नाडी परीक्षकले नाडी जाँच गर्दछ । 

पल्स रिडिङको आयुर्वेदिक विधिले मन, शरीर र आत्माको अन्तरक्रियाको रेकर्ड राख्नको लागि सबैभन्दा आकर्षक तरिकाहरुमध्ये एक हो । लक्षणहरू देखिनुअघि नै यो आयुर्वेदिक दृष्टिकोणले रोग प्रक्रियाहरू पत्ता लगाउन मद्दत गर्न सक्छ ।

त्रिदोषको ज्ञान हासिल गर्न हालका वर्षहरूमा विभिन्न सेन्सर एवं यन्त्रहरू डिजाइन गरिएका छन्, जसले रोग निदानमा मद्दत गरेको छ । एक सर्वेक्षणमा धेरै रोगहरूको प्रारम्भिक पहिचानको लागि नाडी परीक्षा र नाडी ढाँचाहरू प्रयोग गरेर कम्प्युटेसनल मोडेलहरूमा यो त्रिदोषको मात्रात्मक नापको अध्ययन भएको पाइन्छ ।

जस्तै: नाडी तरंगिनी– यस यन्त्रमा प्रयोग गरिएको आधारभूत संयन्त्रले रेडियल धमनीमा रक्तप्रवाहको कारण उत्पन्न विद्युत् तरंगलाई मेकानिकल तरंगमा रूपान्तरण गर्दछ । यसमा प्रयोग हुने मुख्य सेन्सर प्रणालीहरु माइक्रोफोन, जसले मेकानिकल नाडी ग्रहण गर्दछ र अप्टिकल सेन्सरले नाडीलाई तरंगका रूपमा ग्रहण गर्दछ । डिजिटल प्रविधिबाट नाडीको मापनका लागि हाल बजारमा यो नाडी तारंगिनी सफ्टवेयर निकै प्रसिद्ध छ ।

चिकित्सकले स्वास्थ्य समस्याहरूको मूल कारण पहिचान गर्न र रगतको नमुनाहरू नलिईकन लक्षणहरूको उपचार गर्न सक्छ वा एक्सरे वा स्क्यानहरूजस्तै कुनै पनि इमेजिङ परीक्षणहरू गर्न आवश्यक छैन, शरीरलाई कुनै पनि रुपमा अतिक्रमण नगरिने यो प्रविधि निकै भरपर्दो छ । यसैले आयुर्वेदिक नाडी निदान समकालीन निदान प्रविधिहरूभन्दा बढी सुरक्षित र प्रभावकारी छ ।