२०८२ चैत २४ मंगलवार | Tuesday, Apr 07 2026

समस्याका लहरहरुको थान्को

नेपाली संस्कृति धनी छ । वेद, शास्त्र, उपनिशद ज्ञानको भण्डार हो । यस मानेमा ज्ञान, ध्यान र योगको खोजी भयो भने जीवन सरलिकृत नै हुनेछ । हामी नेपाली सुखी छौं । शान्त छौं । परिआएको संकटको समाधान मिलिजुली गर्छौ । समस्याको बोध छ हामीलाई । हाम्रो समुन्नती निश्चित छ । भावनात् हामी खुसी हुने आख्यानले सुखी हुन्छौं । हामी कामको सम्मान गर्छौ पक्कै पनि यो जुझारुपनले हामीलाई आत्म सहानुभूति नै दिन्छ ।

राजनीतिबाट आजीत भएका हामीले पुरानो पार्टीबाट सन्यास लिएका छौं । राष्ट्रिय राजनीतिमा कहिल्यै विचलित नहुने पार्टी अहिले मूलभूत रुपमा झिनो प्रतिफलमा समाहित भएका छन् । पुरानो पार्टीका कार्यकर्ताहरुले आगामी पाँच वर्षको संसदीय कार्यकालका लागि आफ्नो निकटतम नेता नपाउँदा खल्लो महशुस गरेका हुँदा हुन । कार्यकर्ताको समस्याको पूराना पार्टीले उचित महत्व नदिएको कारण उनीहरु यस चुनावमा लाखापाखा लागे भन्ने ठम्याइ छ ।

यद्यपी अबको सरोकार पार्टी गुटवन्दी र खेमा भन्दा साझा समस्याहरु हुन । दुर्गम ठाउँको चुलो, कैँदलो, चौताराका समस्या हुन् । हाम्रो पाखोमा उम्रने विउ विजन आजको समस्या हो । ग्रामीण भेगका कृषि प्रणाली । किसानले लगानी गरेका अन्नवाली देश भित्रै सहज ठाउँमा निर्यात गरी मुनाफा आर्जन गराउने आजको आम सवाल हो जो मूलभूत कुरामा नपर्न सक्छ ।

हामीले गाउँ सहरमा खोजेको सफल अस्पताल, उपचार र औषधी मूलो आजको समस्या हो । नयाँ सूचना, प्रविधि र प्राकृतिक बौद्विकता एक्काइसौं शताब्दीको समुन्नति हो । फेसबुक, टिकटकका पारखी त हामी भएका छौं तर नयाँ ज्ञानमूलक प्रविधि, सूचना संचार सँग हामी सागर्भित भएका छैनौं ।

जनताको आशा र भरोसाको सवालमा आगामी सरकारले लिने पहलकदमी हो । वहुलवाद, लोकतन्त्र र खुलाबजार आजका समस्या हुन् । गाउँ ठहरमा हुने मानव तस्करी रोक्न प्रशासनले उचित कदम चाल्नु पर्ने हो । म्यानपावनरले अनुचित लोभ देखाँउदै महँगो रकम असुल्ने र सोझा साझा यूवालाई श्रम सम्झौतामा विदेश पठाइदिने प्रलोभन हराउन पर्छ ।

खासगरी वि.सं. २०४७ सालको प्रजातन्त्रको यात्राको उदार शैली देखि कार्यान्वयनमा आएको विदेशमा हुने कामको लोभमा जाने यूवाको लर्को रोक्न आगामी सरकारले कस्तो कदम चाल्ला यो पनि हेर्न बाँकी नै छ । हामीले धेरै राजनीतिक यात्रा पार ग¥यौं ।

वि.सं.२००७ सालमा १०४ वर्षको जहाँनिया राणा शासनलाई नेपाली जनताले राजनीतिक क्रान्तिद्वारा फालेकै हुन् । वि.सं. २०१७ सालमा नेपाली काङ्ग्रेस संसदीय दलका प्रधानमन्त्री वि.पी. कोइरालाको शासनकाललाई अपदस्त गर्दै राजा महेन्द्रको राजनीतिक कु मार्फत पञ्चायति शासनलाई कार्यकाल बनाए । वि.सं. २०३२ सालमा विद्यार्थी आन्दोलन भयो ।

पुनः २०३६ मा विद्यार्थी तथा शिक्षक आन्दोलन भयो । वि.सं. २०४७ सालमा राजा सहितको प्रजातन्त्रको विरासतले नेपाली जनतालाई आहतको महशुस हुन नपाँउदै वि.सं. २०५२ साल जेठ १ गते गृहयुद्वको थालनि भयो । वि.सं. २०६२–२०६३ मा नेकपा माओवादी संग ७ राजनीतिक दलको शान्तिवार्ता भयो । देशले काँचुली फेर्यो । शान्तिको शास फेर्यो ।

देशको राजनीतिक प्रणाली फितलो र कमजोर अर्थ व्यवस्था हुँदा देश गरिबीको खाडलमा भासिँदै गयो । देशको राजनीतिमा भएको नातावाद, कृपावाद, देवत्वकरण, भ्रष्टाचार, द्वन्दवादले हामीलाई आमूक परिवर्तनको संघारमा ल्याइदियो । हामीले कल्पना गरेका थिएनौं । भदौ २४ गते सामाजिक सञ्जालमा भएको वन्दको विरोधमा चर्का नारावाजी भयो सयौं विद्यार्थीको सहादत भयो ।

तत्कालीन सरकार आन्दोलनबाट घुँडा टेक्न बाध्य भयो । दोस्रो दिन आर्कोशित भिँडले देशको व्यापारिक भवन र सरकारी भवन सिंहदरबार हुँदै प्रधानमन्त्री निवास, सर्वोच्च अदालत र राष्ट्रपति निवास र अरु भौतिक सम्पत्ति आगजनी गर्दा अर्बौको खर्च भयो । तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीले निर्वाचनको ढोकाको लागि बाटो प्रशस्त गराए ।

राजनीतिक वृतमा प्रथम प्रधानन्यायधिस रहेकी प्रधानमन्त्रीको कार्यकालमा नियुक्त हुँदै शुसीला कार्कीले निर्वाचन शान्तिपूर्ण वातावरणले गर्न भ्याइन । यसैबीच फाल्गुन २१ गतेको निर्वाचनको मतले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत ल्याइदियो । प्रतिनिधि सांसदको बहुमत सांसदको सिटले हामीलाई सुखी बनाएको पक्कै छ ।

अव बन्ने सरकारले राष्ट्र निर्माण हुने विधिमा वहुमत शैलीले कार्य समापन गर्न भ्याउँछन् । नयाँ बन्ने मन्त्रीहरुले असंल्गन पराराष्ट्र नीति अपनाउँदै देशको भू–राजनीति संकटलाई नयाँ कार्यबोध दिनेछन् । जनताका पीर मार्का, सडक, बाटो , पुल निर्माणमा ठाउँ ठहरमै सिंहदरबारका कार्यशैली पुग्नेछ । भ्रष्टाचार कम हुनेछ । राजनीति संग्लो हुनेछ । बजेट कार्यान्वयन हुनेछ ।

नयाँ कार्यशैली नयाँ पद्वोन्नती नयाँ सदाचार र नविन भातृत्व नयाँ मन्त्री मण्डलका नयाँ अनुहार सागर्भित हुनेछ । युवा पिडीका समस्या, लिङ्ग भेद, रोजगारी र नयाँ शिक्षा प्रणाली अन्तर्गत पदोन्नती नयाँ सांसदीय प्रणालीको कार्यबोध हैन र ! मतमतान्तर जोडले उठ्नु पर्छ । आज देशमा करिब १७.४% प्रतिशत मानिस गरिबीको रेखामा रहेका छन् ।

नेपालको कुल ग्राहस्थ उत्पादन प्रतिशत ३.८७ मा सिमित छ । आजपनि देशमा धेरै मानिसमा पोषणको कमी छ । शिक्षा नै आजको अचुक आवश्यकता हो । मानिस अझै वासस्थान वेगर सुकुम्वासी भएका छन् । मानिसको जीवनशैली आमूल परिवर्तन हुनु पर्छ राजनीतिक अभ्यासहरुबाट । यो नै जनताको मतको विश्वसनियता हो ।