काठमाडौं । भारतको प्रयागराजमा चलिरहेको १२ बर्षे कुम्भमेलाको अवसरमा दोलखाबाट सहभागि टोलीले तीन जना साधुहरुलाई अभिनन्दन गर्दै प्रसिद्ध भीमेश्वर मन्दिरको महाप्रसाद र पशुपति नाथको प्रसाद प्रदान गर्नु भएको छ ।
प्रयागराजको कुम्भमेलामा सहभागि राष्ट्रिय महामन्त्री रविदेव शास्त्री, भारत उत्तराखण्ड हरिद्वारका जगतगुरु र उदासिन आश्रमका महन्त पिठाधिश्वर १००८ महाराज सुदिक्षण मुनीजी लाई अभिनन्दन सहित प्रसिद्ध भीमेश्वर मन्दिरको महाप्रसाद र पशुपति नाथको प्रसाद प्रदान गरिएको डि. जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानका अध्यक्ष रमेश उप्रेतीले बताउनुभयो ।
प्रयागराज जगतगुरु उदासिन क्याम्पमा भएको कार्यक्रममा अभिनन्दीत साधुहरुको तर्फबाट मन्तव्य व्यक्त गर्नुहुदै रविदेव शास्त्रीले नेपालको पशुपति नाथ, भीमेश्वर, बुद्ध र सालिग्रामको चर्चा गर्नु भएको थियो ।
रविदेव शास्त्रीले राम र सिताको सम्बन्ध नै नेपाल र भारतको सम्बन्धको मूल चुरो रहेको उल्लेख गर्नुहुदै यो सम्बन्धलाई जिवन्त राख्न नेपाल र भारतको तर्फबाट समय– समयमा धार्मिक भ्रमण आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल र भारत बीचको सामाजिक र सांस्कृतिक सम्बन्धलाई सधै कायम राख्नुपर्ने बताउनुभयो ।

डि. जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानका अध्यक्ष रमेश उप्रेतीको संयोजन तथा उपाध्यक्ष शारदा घिमिरे उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अभिनन्दीत साधु सन्तहरुलाई पशुपति नाथ, दोलखाको भीमेश्वर मन्दिर, कालिञ्चोक भगवती मन्दिर लगायतका मठ– मन्दिर भ्रमणको निम्ता समेत दिईएको थियो ।
अभिनन्दीत साधु सन्तहरुले निम्ता स्वीकार गर्नुहुदै उपयुक्त समयमा पशुपति नाथ, भीमेश्वर मन्दिर, कालिञ्चोक भगवती मन्दिर लगायतका मठ– मन्दिरको भ्रमण गर्ने बचन दिनु भएको डि. जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानका कोषाध्यष तथा भ्रमण टोलीका सदस्य राजेश उप्रेतीले बताउनुभयो ।
सो अवसरमा टोलीका सदस्य राजेश उप्रेतीले भीमेश्वर र कालिञ्चोक भगवतीको महिमाको बारेमा उपस्थित साधु सन्तहरुलाई जानकारी गराउनुभएको थियो ।



![जोग [कथा] जोग [कथा]](https://aagammediaintl.com/wp-content/uploads/2026/04/33-428x200.jpg)




















![जोग [कथा] जोग [कथा]](https://aagammediaintl.com/wp-content/uploads/2026/04/33.jpg)









![जोग [कथा] जोग [कथा]](https://aagammediaintl.com/wp-content/uploads/2026/04/33-150x150.jpg)





