२०८३ वैशाख २ बुधवार | Wednesday, Apr 15 2026

काठमाडौँमा थारु समुदायको मागी (तस्बिरहरु )

काठमाडौँ । काठमाडौँमा बसोबास गर्दै आएका थारु समुदायले आज माघी पर्व  धूमधामका साथ मनाइरहेका छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर  माघी पर्व मनाइरहेका हुन् ।

काठमाडौंको वसन्तपुरमा भेला भएका थारु समुदायले आफ्नो कला–संस्कृति झल्कने पहिरनमा सजिएर  शुभकामना आदानप्रदान गरेका छन्।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ ।

माघ १ गतेदेखि पाँच दिनसम्म धूमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।