२०८३ कात्तिक २३ आइतवार | Sunday, Nov 08 2026

बालबालिकामा बाथ मुटुरोग समस्या गम्भीर बन्दै

काठमाडौँ  । बालबालिकामा घाँटीको सङ्व्रmमणपछि देखिने बाथ मुटुरोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड दिन थालेको छ । रोग लागिसकेपछि उपचारमा करोडौँ रुपियाँ खर्च भइरहेकाले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ्ने वा पाक्ने समस्या भएका बालबालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो हुँदै मुटुको भल्बमा क्षति पुग्न सक्ने जानकारी दिनुभयो । उहाँले बाथ ज्वरो भएका बालबालिकामध्ये करिब ५० प्रतिशतमा बाथ मुटुरोग हुने जोखिम रहेको जानकारी गराउनुभयो । नेपालमा बाथ मुटुरोगका कारण बर्सेनि करिब एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

बाथ मुटुरोग लागिसकेपछि मुटुको भल्ब फेर्नुपर्ने अवस्थामा नेपाल सरकारले बर्सेनि करिब ६० देखि ७० करोड रुपियाँ खर्च गर्दै आएको छ । उपचारमा ठुलो रकम खर्च भइरहेको भए पनि रोगको मूल कारण रोक्न विद्यालय तथा समुदायस्तरमा पर्याप्त कार्यव्रmम हुन नसकेको उहाँको भनाइ छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले बाथ मुटुरोगलाई उपचारमा मात्र सीमित नराखी जनचेतना बढाउनुपर्नेमा जोड दिनुभयो । बाथ मुटुरोगको उपचार मात्र नभई प्रारम्भिक पहिचान, रोकथाम र नियमित उपचारलाई स्वास्थ्य सेवाको नियमित प्रणालीसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो । बालबालिकामा रोगको जोखिम समयमै पहिचान गरी उपचारमा ल्याउन सके जटिल अवस्था नआउने उहाँको भनाइ छ । सरकारले बाथ मुटुरोग नियन्त्रणका लागि राष्ट्रियस्तरको मापदण्ड तयार गर्ने प्रव्रिmया अघि बढाएको छ ।

विज्ञ तथा सरोकारवालासँगको छलफलबाट बाथ, ज्वरो तथा बाथ मुटुरोगको पहिचान, उपचार र रोकथामलाई व्यवस्थित बनाउने तयारी भइरहेको छ । बाथ मुटुरोगबाट जोगाउन रोग पहिचान भएका बालबालिकालाई नियमित पेनिसिलिन उपलब्ध गराउनु महìवपूर्ण मानिन्छ ।

नेपाल सरकारको निःशुल्क आधारभूत औषधीको सूचीमा पेनिसिलिन सुई समावेश भए पनि मुखबाट खाने पेनिसिलिनसमेत समावेश गर्नुपर्ने डा. रेग्मीको सुझाव छ । उहाँले रोग पहिचान भएका बालबालिकाको छुट्टै अभिलेख तयार गरी स्थानीय स्वास्थ्य संस्था तथा आधारभूत अस्पतालमार्फत नियमित औषधी उपलब्ध गराउन सुझाव दिनुभयो । यसबाट उपचारको निरन्तरता कायम हुनुकासाथै रोग पुनः बल्झिने जोखिम घटाउन पनि सकिन्छ ।

डा. रेग्मीले विभिन्न सङ्घ संस्था तथा स्थानीय तहसँगको सहकार्यमा विभिन्न जिल्लाका विद्यालयमा बालबालिकाको मुटु परीक्षण गर्दै आएको जानकारी दिनुभयो । उहाँले परीक्षणका व्रmममा रोग पहिचान भएका बालबालिकालाई थप परीक्षण र उपचारका लागि काठमाडौँ ल्याउने तथा उपचारपछि घर फर्काउने कार्यसमेत हुँदै आएको बताउनुभयो ।

डा. रेग्मीले बाथ मुटुरोग रोकथामको सबैभन्दा प्रभावकारी उपाय बालबालिकामा घाँटीको सङ्व्रmमणको समयमै उपचार गर्न सुझाव दिनुभयो । पटक पटक घाँटी दुख्ने वा टन्सिल हुने बालबालिकालाई स्वास्थ्य संस्थामा पु-याउने, बाथ ज्वरो पहिचान भएका बालबालिकालाई नियमित औषधी दिने तथा विद्यालयस्तरमै परीक्षण विस्तार गर्न सके बाथ मुटुरोगबाट हुने मृत्यु र उपचारमा लाग्ने राज्यको ठुलो खर्च घटाउन सकिने उहाँको भनाइ छ ।

बाथ मुटुरोग लागिसकेपछि उपचारमा राज्यले ठुलो रकम र स्रोतसाधन खर्च गर्नुपरे पनि यसको रोकथाममा पर्याप्त ध्यान पुग्न सकेको छैन । डा. रेग्मीले बाथ मुटुरोगको रोकथाम थोरै खर्चमा गर्न सकिने भए पनि यसको परिणाम देखिन ५–१० वर्ष लाग्ने बताउनुभयो । बाल तथा मातृ मृत्युदर घटाउन सरकारले बाथ मुटुरोग रोकथाम कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ ।