२०८२ फागुन २४ आइतवार | Sunday, Mar 08 2026

रवि-बालेनबिच ७ बुँदे सहमति : रवि पार्टी सभापति, बालेन संसदीय दलको नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच ७ बुँदे सहमति भएको छ । उहाँहरूबिच आइतबार बिहान (पुस १३ गते) सहमति भएको हो ।

आइतबार बिहान भएको सहमतिपत्रमा रवि लामिछाने र बालेन्द्र शाहले हस्ताक्षर गरेका छन् । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी नै रहने भएको छ ।

दुई नेताबीच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता  बालेन्द्र शाह हुने सहमति भएको छ ।