२०८३ साउन ११ सोमवार | Monday, Jul 27 2026

इन्द्रजात्रा सकियो (फोटो फिचर)

काठमाडौं ।  गत बिहिबार सुरु भएको इन्द्रजात्रा (येँया) इन्द्रध्वजापातनसँगै सकिएको छ।  बिहीबार साँझ ५ः३८ को साइतमा इन्द्रध्वजापातन गरिएको हो।  देशको विषम परिस्थितीलाई हेरि आज इन्द्रजात्राको अन्तिम दिन  नानीचा याः को दिन भएता पनि रथयात्रा भने गरिएन।  कुमारी घरमा नै विधिवत पूजामात्र गरिएको हो।

इन्द्रजात्राको अन्तिम दिन लिङ्गो ढलाइने साइत १०ः३२ को भएता पनि पुन साइत निकाली साँझ ढलाइएको हो।  यो सँगै यस वर्षको इन्द्रजात्रा सम्पन्न भएको छ।