२०८३ वैशाख ३ बिहीवार | Thursday, Apr 16 2026

स्वास्थ्य बीम बोर्डले तोक्यो देशभरका ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु

काठमाडौ । स्वास्थ्य बीमा बोर्डले देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ ।

साउन १ गतेदेखि लागु हुनेगरी देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेका रुपमा तोकेको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८२/८३ को सुरुवात सँगै साउन १ गतेदेखि लागु हुनेगरी स्वास्थ्य बीमा  बोर्डबाट प्रथम सेवा विन्दुको रुपमा काम गर्ने अनुमति प्राप्त गरेका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेगरी व्यवस्था मिलाएको बोर्डका जनस्वास्थ्य अधिकृत मल्लले जानकारी दिनुभयो ।

मल्लकाअनुसार यो निर्णयसँगै बीमितले आफु नजिकको प्रथम सेवा विन्दुमा गई उपचारको सुरुवाती सुविधा लिन सक्ने भएका छन् ।

यसअघि बीमितले प्रथम सेवा विन्दुको रुपमा छानेको स्वास्थ्य संस्थाबाट सेवा लिएर मात्रै थप उपचारका लागि अन्य अस्पताल वा स्वास्थ्य संस्थामा पुग्नु पर्ने बाध्य थिए । स्वास्थ्य बीमा बोर्डले तोकेका प्रथम सेवा विन्दुलाई कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आवश्यक विवरण पठाउन आग्रह गरेको छ ।

स्थानीय तहबाट प्राप्त हुने प्रथम सेवा विन्दुको माग र प्रस्तावित प्रथम सेवा विन्दुको न्यूतम अपुग मापदण्ड एक महिना भित्रमा पुरा गर्ने पतिवद्धताका आधारमा बोर्डले नयाँ प्रथम सेवा विन्दु थप गर्ने जनाएको छ ।

बोर्डले कोशी प्रदेशमा भोजपुर, धनकुटा, इलाम, झापा, खोटाङ, मोरङ, ओखरलढुंगा, पाँचथर, सङखुवासभा, सोलुखुम्बु, सुनसरी, ताप्लेजुङ, तेह्रथुम, उदयपुर, बारा, धनुषा, महोत्तरी गरी १७ वटा जिल्लाबाट १०८ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ ।

मधेश प्रदेशबाट रौतहट, सप्तरी, सर्लाही र सिराह तथा चार वटा जिल्लाबाट २४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ ।

बागमती प्रदेशबाट भक्तपुर, चितवन, धादिङ, दोलखा, काठमाडौँ, काभ्रेपलान्चोक, ललितपुर, मकवानपुर, नुवाकोट, रामेछाप, रसुवा,सिन्धुली, सिन्धुपाल्चोक १३ जिल्लाबाट ८३ स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ ।

त्यस्तै, गण्डकी प्रदेशबाट बाग्लुङ, गोरखा, कास्की, लम्जुङ, मनाङ, मुस्ताङ, म्याग्दी, नवलपरासी (बदरघाट सुस्ता पूर्व), पर्वत, स्याङ्जा, तनहुँ ११ वटा जिल्लाबाट ५२ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ ।

लुम्बिनी प्रदेशबाट अर्घाखाँची, बाँके, बर्दिया, दाङ, गुल्मी, कपिलवस्तु, नवलपरासी (वरदरघाट सुस्ता पश्चिम),पाल्पा, प्यूठान, रोल्पा, रुकुम पूर्व, रुपन्देहीगरी १२ जिल्लाबाट ५३ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवाविन्दु तोकेको छ ।

कर्णाली प्रदेशबाट दैलेख, डोल्पा, हुम्ला, जाजरकेट, जुम्ला, कालिकोट, मुगु, रुकुम पश्चिम, सल्यान, सुर्खेतगरी १० वटा जिल्लाबाट ३३ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ ।

सुदूरपश्चिम प्रदेशबाट अछाम, बैतडी, बझाङ, बाजुरा, डडेलधुरा, दार्चुला, डोटी, कैलाली, कञ्चनपुरगरी नौ जिल्लाबाट ३१ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ ।