२०८३ वैशाख ३ बिहीवार | Thursday, Apr 16 2026

एसइईको पूरक परीक्षा साउन २९ देखि हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरले २०८१  सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा २०८२ साउन २९ गते बिहीबारबाट हुने जनाएको छ ।

शुक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् ।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने छ । साउन २९ गते अनिवार्य अंग्रेजी हुने छ भने भदौ ६ गते शुक्रबार प्राविधिक धारतर्फका विषयको परीक्षा हुने जानकारी बोर्डले दिएको छ ।

परीक्षासम्बन्धी विस्तृत जानकारी २०८२ असार १४ गतेको गोरखापत्रमा पढ्न सकिने जानकारी पनि बोर्डले दिएको छ । परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् ।