ताप्लेजुङका कृषक फुङलिङ नगरपालिकाको फावाखोलाका पूर्णबहादुर विष्ट (सिक्किमे) लाई पनि भेडा पालन पुस्तान्तरणको चिन्ता लाग्न थालेको छ । चार पुस्तादेखिको भेडा पालनलाई निरन्तरता दिएर आइरहनुभएका विष्टलाई छोराछोरीले पेसालाई अगाडि नबढाउनेमा चिन्ता लाग्न थालेको छ।
उहाँले अहिले ३०० वटा भेडा पाल्नुभएको छ । विषेशगरी भेडाको मासु, ऊन, घिउ र दुधबाट आम्दानी हुने गर्दछ । भेडा पालन गरेर विष्टले परिवारको गुजरा चलाइरहनुभएको छ ।

















































