२०८३ वैशाख ४ शुक्रवार | Friday, Apr 17 2026

नेपाल विश्वविद्यालयको उपकुलपतिमा प्राडा अर्जुन कार्की नियुक्त

काठमाडौं । नेपाल विश्वविद्यालयको उपकुलपतिमा प्राडा अर्जुन कार्की नियुक्त भएका छन्। विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी)को बैठकले प्राडा अर्जुन कार्कीलाई उप–कुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा प्राडा कार्कीलाई उपकुलपति पदमा नियुक्त गरिएको जनाइएको छ।

त्यसैगरी बैठकले विश्वविद्यालयको रजिष्ट्रारमा पूर्वाधार विकास विज्ञ प्राडा सूर्यराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।

नेपाल विश्वविद्यालय ऐन, २०८१ अनुसार गठित संरक्षक परिषद्का सदस्यहरूमा डा. राम मनोहर श्रेष्ठ, डा. शिवा थापा, डा. जगदीश चन्द्र पोखरेल, डा. विपिन अधिकारी, डा. विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, इन्जिनियर लाल कृष्ण केसी, माधव प्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी रहेका छन्।

बरिष्ठ छातीरोग विशेषज्ञ प्राडा कार्की यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भइसकेका छन्।