२०८२ फागुन २४ आइतवार | Sunday, Mar 08 2026

कुलमान र हितेन्द्रदेवको रिट हेर्दाहेर्दैमा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको भन्दै कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा राखिएको छ।

मंगलबार न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैको रिटको सुनुवाइ भएको थियो।तर रिटको सुनुवाइ नसक्किएपछि दुवैको रिट हेर्दाहेर्दैमा रखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

घिसिङ र शाक्यको रिट यसअघि आइतबार पेसी तोकिए पनि सुनुवाइ भएको थिएन।

कुलमानले आफ्नो पदाधिकार छँदाछँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन्।

हितेन्द्रदेवले भने कुलमानको सुरु नियुक्ति नै गलत भएकाले उनको पदाधिकार हुन नसक्ने दाबी गरेका छन्। उनले चार वर्षअघि आफूले दायर गरेको रिटमा निर्णय नदिई हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर पनि लिएका छन्।