२०८२ फागुन २३ शनिवार | Saturday, Mar 07 2026

रवीन्द्र मिश्र र धवलशमशेरलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं ।  शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ।

राजाबादीको आइतबारको हिंस्रक घटनापछि पक्राउ परेकालाई म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएको थिय । काठमाडौं जिल्ला अदालतले रवीन्द्र मिश्र र जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको हो।

उनीहरुलाई राज्यविरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको छ । त्यस्तै अन्य ३० जनालाई अपराधीक उपद्रो मुद्दामा चारदिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।

अदालतले कानुन व्यवसायी स्वागत नेपाललाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ।