Maha Shivratri 2025: Know the correct date, time, shubh muhurat, and Shivratri parana time of the largest festival of Lord Shiva’s devotees.
महाशिवरात्री २०८१: भगवान शिवका भक्तहरूको सबैभन्दा ठूलो पर्वको सही मिति, समय, शुभ मुहूर्त र शिवरात्रिको पारण समय यस प्नकार रहेकाे छ ।
Maha Shivratri 2025: One of the largest festivals observed by Lord Shiva’s devotees, Mahashivratri, is one of the most auspicious Hindu festivals. On this day, Hindus offer prayers to Lord Shiva and Maa Parvati. Shivratri holds great religious and spiritual significance as the festival celebrates the union of Lord Shiva and Goddess Parvati, the reincarnation of Sati.
महाशिवरात्री २०८१: भगवान शिवका भक्तहरूले मनाउने सबैभन्दा ठूलो पर्व हाे । महाशिवरात्री, हिन्दुहरूकाे सबैभन्दा ठुलाे चाडहरू मध्ये एक हो। यस दिन, हिन्दूहरूले भगवान शिव र माता पार्वतीलाई प्रार्थना गर्छन्। शिवरात्रीको धार्मिक र आध्यात्मिक महत्त्व छ किनकि यो पर्व भगवान शिव र देवी पार्वती, सतीको पुनर्जन्मको मिलन गराउँदछ ।
If you and your loved ones are observing the festival, you should know about the correct date, shubh muhurat and also the parana time in case you observe the auspicious Shivratri vrat. Learn more below.
यदि तपाईं र तपाईंका प्रियजनहरूले यो पर्व मनाइरहनुभएको छ भने, तपाईंले शुभ शिवरात्र व्रत मनाउँदा सही मिति, शुभ मुहूर्त र पारण समयको बारेमा जान्नुपर्छ। यसका लागि निम्न अनुसार जानकारी लिनु अावश्यक छ ।
Maha Shivratri 2025 Date: When is Mahashivratri ?
महाशिवरात्री २०८१ मिति: महाशिवरात्री कहिले हो ?
Every year, devotees of Lord Shiva observe the auspicious festival of Maha Shivratri in the Hindu month of Phalguna (February-March) on the fourteenth night of the waning moon. This year, Shivratri falls on February 26.
प्रत्येक वर्ष, भगवान शिवका भक्तहरूले फाल्गुन महिना (फेब्रुअरी-मार्च) मा अस्ताउने चन्द्रमाको चौधौं रातमा महाशिवरात्रिको शुभ पर्व मनाउँछन्। यस वर्ष शिवरात्रि फागुन १४ गते परेको छ ।
Maha Shivratri 2025: Shubh muhurat and parana time
As per Drik Panchang, here are the auspicious timings you need to remember during Shivratri:
महा शिवरात्रि २०८१: शुभ मुहूर्त र पारण समय
द्रिक पञ्चाङका अनुसार शिवरात्रिमा याद गर्नु पर्ने शुभ समयहरू निम्नअनुसार रहेका छन्:
Chaturdashi Tithi Begins – 11:08 am on February 26
चतुर्दशी तिथी प्रारम्भ – फागुन १४ गते ११ः०८ बजे
Chaturdashi Tithi Ends – 8:54 am on February 27
चतुर्दशी तिथि समाप्ति – फागुन १५ गते ८ः५४ बजे
Nishita Kaal puja time – 12:09 am to 12:59 am, February 27
निशिता काल पूजा समय – फागुन १५ गते १२ः०९ बजे देखि १२ः५९ सम्म
Shivaratri Parana (breaking the fast) Time – 6:48 am to 8:54 am
शिवरात्रि परण (व्रत तोड्ने) समय – बिहान ६ः४८ देखि ८ः५४ सम्म
Ratri First Prahar Puja Time – 6:19 pm to 9:26 pm
रात्रि प्रथम प्रहार पूजा समय – साँझ ६:१९ देखि ९:२६ सम्म
Ratri Second Prahar Puja Time – 9:26 pm to 12:34 am, February 27
रात्रि दोस्रो प्रहार पूजा समय -फागुन १५ गते ९ः२६ बजे देखि १२ः३४ सम्म
Ratri Third Prahar Puja Time – 12:34 am to 3:41 am, February 27
रात्रि तेस्रो प्रहार पूजा समय -फागुन १५ गते बिहान १२:३४ देखि ३:४१ सम्म
Ratri Fourth Prahar Puja Time – 3:41 am to 6:48 am, February 27
रात्री चौथो प्रहार पूजा समय -फागुन १५ गते बिहान ३:४१ देखि ६:४८ सम्म
Meanwhile, during Shivratri, devotees observe a rigorous nirjala vrat (fasting without water) to show their commitment, self-control, and devotion. They also chant ‘Om Namah Shivaya’, sing religious hymns to honour Lord Shiva, visit temples, present offerings to Lord Shiva and Maa Paravti, and seek blessings of the God and Goddess. Devotees also give a bath to the Shiva Lingam with water, milk, honey, curd, and ghee.
यसैबीच, शिवरात्रीको समयमा, भक्तहरूले आफ्नो प्रतिबद्धता, आत्मसंयम र भक्ति देखाउन कठोर निर्जला व्रत (पानी बिना उपवास) पालन गर्छन्। उनीहरूले भगवान शिवको सम्मानमा धार्मिक भजन गाउँछन्, मन्दिरहरूमा जान्छन्, भगवान शिव र माता पार्वतीलाई भेटी चढाउँछन् र भगवान र देवीको आशीर्वाद लिन्छन्। भक्तहरूले शिवलिंगमा पानी, दूध, मह, दही र घिउले स्नान पनि गर्छन्।







































