२०८३ साउन १२ मंगलवार | Tuesday, Jul 28 2026

नेपाली सेनाद्वारा विस्फोटक उपकरण निष्क्रिय

काठमाडौँ। नेपाली सेनाले विस्फोटक उपकरण आइईडी निष्क्रिय परेको छ।

मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं. ७ स्थित महेन्द्र राजमार्गको मालती पुल नजिक आइईडी (विस्फोटक उपकरण) रहेको खबर प्राप्त हुनासाथ परिचालित नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त स्थानमा गई खोजतलास गर्दा चार वटा ग्यास सिलिन्डर फेला पारेको थियो।

जसमध्ये २ वटा सिलिन्डरमा आइईडी रहेको यकिन भएपछि नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।